काँग्रेस सांसद सूर्यबहादुर केसीको पोखरामा निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १८ गते ८:४८
काँग्रेस सांसद सूर्यबहादुर केसीको पोखरामा निधन

काठमाडौं । कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए ।

६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् । लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

प्रकाशित : २०७७ कार्तिक १८ गते ८:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI