कावासोती । पुर्वी नवलपरासी गैंडाकोटका मेयर छत्रराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गत कार्तिक १५ गते स्वाब संकलन गरि भरतपुर अस्पताल चितवनमा परिक्षणका लागि पठाईएकोमा सोमबार मेयर पौडेलमा संक्रमण पुष्टि भएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले नवलपुर टाईम्सलाई बताए ।
भुसालका अनुसार मेयर पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रकाशित : २०७७ कार्तिक १७ गते १६:२८
Facebook Comment