देवचुलीका ८० वर्षीय पुरुषको कोरोना संक्रमणले निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १७ गते ९:४८
देवचुलीका ८० वर्षीय पुरुषको कोरोना संक्रमणले निधन

कावासोती । पुर्वी नवलपरासी देवचुली नगरपालिका वडा ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मृतक गत कार्तिक १२ गते अस्पताल भर्ना भएका उनमा १३ गते कोरोना संक्रमण देखिएको थियो । मृतक फोक्सो सम्बन्धि दिर्घ रोगका बिरामी समेत रहेका र उनको आईतबार राति १०:४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

मृतकको शब नेपाली सेनाको व्यवस्थापनमा देवघाट अन्त्यष्टी गरिने श्रेष्ठले बताएका छ्न ।
यो सँगै जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रकाशित : २०७७ कार्तिक १७ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI