देवचुलीका शैक्षिक संस्था मङसिर २ सम्म बन्द रहने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १६ गते १४:५६
देवचुलीका शैक्षिक संस्था मङसिर २ सम्म बन्द रहने

एलिना केसि/देवचुली
नवलपुरको देवचुली नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा प्रत्यक्ष पठनपाठन नगराउन निर्देशन दिएकोे छ ।

आइतबार देवचुली नगरपालिका शिक्षा शाखाले एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर २ गते सम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । चाडवाडको समयमा संक्रमितको संख्या उच्च भएकाले यो समयमा विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन गराउँदा विद्यार्थीमा संक्रमणको जोखिम हुन सक्ने भन्दै प्रत्यक्ष विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन नगराउन अनुरोध गरिएको छ ।

नगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण शिक्षण संस्था विद्यालय, मन्टेश्वरी, गुरुकुल, ट्युसन, कोचिड्ड सेन्टर लगायत भाषा तथा तालिम प्रदायक संस्थाहरुले नगरपालिकाले पुन सूचना नगरेसम्म विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार संचालन गर्न आग्रह गरिएको देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीलाई प्रत्यक्ष रुपमा सम्पर्क हुनेगरि मुखामुख विधिबाट पठनपाठनका कुनै कार्य नगर्न अनुरोध गर्नुभएको छ । निर्देशिका भन्दा बाहिर गएर विद्यालयमा विद्यार्थीलाई बोलाएर पठनपाठन संचालन गरे सम्पूर्ण जिम्मेवारी विद्यालय संयम आँफै हुने समेत जानकारी दिनुभएको छ ।

प्रकाशित : २०७७ कार्तिक १६ गते १४:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI