No ads found for this position

अध्यक्ष पाण्डे सहित हुप्सेकोट गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १५ गते १८:५८
No ads found for this position
अध्यक्ष पाण्डे सहित हुप्सेकोट गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवि पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाका अनुसार गत कार्तिक १३ गते ४९ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पोखरा पठाईएकोमा अध्यक्ष पाण्डे सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुने अन्यमा गाउँपालिकाका ४ जना कर्मचारी ,१ जना शिक्षक, १ जना प्रहरी र १ जना स्थानिय किशोरी रहेको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण पुस्टि भए पनि संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष पाण्डेले जानकारी दिईन । “मलाई सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ,तर सबैको अवस्था सामान्य छ , संक्रमित सबैलाई आत्मबिस्वाश कायम राख्न अनुरोध गर्दछु ” । पाण्डेले आफु सङ्ग सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन अनुरोध गर्दै गाउँबासिलाई उच्च मनोबलका साथ स्वास्थ्य सतर्कता अपनाउन समेत अपिल गरिन ।

प्रकाशित : २०७७ कार्तिक १५ गते १८:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI