पत्रकार बस्यालको २८ वर्षको अल्पायुमा निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १४ गते १९:५९
पत्रकार बस्यालको २८ वर्षको अल्पायुमा निधन

कावासोती । पूर्वी नवलपरासीको सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जमा विगत १० वर्ष देखि कार्यरत पत्रकार राधा बस्यालको शुक्रवार २८ वर्षको अल्पायुमा निधन भएको छ ।

पत्रकार बस्यालको २८ बर्षको उमेरमा शुक्रवार साझ ५ बजे कावासोति-२ सिमलघारि स्थित आफ्नै निवासमा निधन भएको हो ।

वि.स.२०४८ साल फागुन ९ गते जन्मनु भएकी सञ्चारकर्मी बस्याललाई विगत ३ बर्ष अघि २०७५ जेठ ७ गते स्तन क्यान्सर भई उपचार गराउदै आउनु भएको थियो ।

क्यान्सर लागेपछि उहाँले प्रस्तावित राधा क्यान्सर सचेतना फाउण्डेशन सञ्चालन गरी गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनु भएको थियो ।  क्यान्सर रोगका बारेमा समुदायमा सचेतना अभियान समेत चलाउदै आउनु भएकी बस्यालले पछिल्लो समय आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउनु भएको थियो ।

पत्रकार बस्यालको शनिवार बिहान अन्तिम सस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पत्रकार बस्यालको निधनमा दुख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाट , प्रेस युनियन पुर्वी नवलपरासी शाखा सभापति विरेन्द्र पराजुली , सचीव एवं प्रवक्ता आशिष रेग्मी लगाएत पत्रकारका पेशागत संघसंगठन, जिल्लाका सन्चार गृह ले श्रद्धाञ्जली व्यक्त गरेका छ्न ।

प्रकाशित : २०७७ कार्तिक १४ गते १९:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI