बाबुले गराइदिए छोराको चौरासी पूजा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १४ गते १६:४२
बाबुले गराइदिए छोराको चौरासी पूजा
a'afåf/f 5f]/fsf] rf}/f;L k"hf k/f;L, !$ sflQs M gjnk/f;L -ab{3f6 ;':tf klZrd_sf] ;'gjn–!@ x/s§fsf !)* jifL{o j[4 s]zj/fh 1jfnLåf/f cfˆgf] *$ jifL{o h]7f 5f]/f blw/fdsf] z'qmaf/ rf}/f;L k"hf u/fpFb} . tl:a/ M df]xg kf}8]n÷ /f;;

१४ कात्तिक, परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए ।

‘पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ । खेतीपातीमै जीवन बिताउनुभएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु परेको छैन’ उनका साहिँला छोरा हरिप्रसादले भने । केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा‍. बाबुराम छन् ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए ।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन् । उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ । उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन् । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ ।-रासस

प्रकाशित : २०७७ कार्तिक १४ गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI