फेसबुकको नयाँ अपडेट, अब जुनसुकै गेम डाउनलोड नगरेरै खेल्न सकिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते २०:३३
फेसबुकको नयाँ अपडेट, अब जुनसुकै गेम डाउनलोड नगरेरै खेल्न सकिने

काठमाडौं । फेसबुकले अन्ततः क्लाउड गेमिङ फिचर सार्वजनिक गरको छ । यससँगै अब फेसबुकका प्रयोगकर्ताले डाउनलोड नगरेरै अस्फाल्ट नाइन जस्ता गेम खेल्न सक्ने भएका छन् ।

यद्यपी फेसबुकको क्लाउड गेमिङ केवल एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । आईओएस प्रयोगकर्ताले भने अझै केही समय पर्खिनुपर्नेछ ।

फेसबुकको क्लाउड गेमिङ गुगल स्टेडिया तथा माइक्रोसफ्टको एक्सक्लाउड जस्तो भने होइन । नयाँ अपडेट पश्चात फेसबुकका प्रयोगकर्तालाई गेमिङका लागि एक छुट्टै ट्याब दिइनेछ ।

जसमा क्लिक गरेर अनेक किसिमका गेमहरु बिना डाउनलोड खेल्न सकिनेछ । यसबाट प्रयोगकर्ताको डेटा र मेमोरी बचत हुनेछ ।

फेसबुक क्लाउडमा तपाईंले कुनै कन्ट्रोलरको आवश्यकता समेत पर्ने छैन । तपाईं जुन किसिमले मोबाइलमा गेम खेल्नुहुन्छ, ठीक त्यसैगरी फेसबुकमा समेत खेल्न सक्नुहुनेछ ।

फेसबुकको यो गेमिङ सर्भिस हाललाई अमेरिकामा सार्वजनिक गरएको छ । नेपाल लगायतका अन्य देश तथा आईओएस डिभाइसमा कहिले आउँछ भन्ने विषयमा कुनै प्रस्ट जानकारी कम्पनीको तर्फबाट आएको छैन ।

फेसबुकले यो सुविधा चाँडै एप्पल सफारी ब्राउजरमा सार्वजनिक गर्ने प्रयास गरिने उल्लेख गरेको छ । फेसबुकको यो क्लाउड गेमको टेस्टिङको दौरान दुई लाख व्यक्तिले खेलेका थिए ।

प्रकाशित : २०७७ कार्तिक १२ गते २०:३३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI