नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते १४:३०
नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्‍यो

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको छ।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा १५-१७ कात्तिकमा तय गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ।

बैठकको नयाँ मिति १५-१७ मंसीरलाई तोकिएको छ। नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपश्‍चात अहिलेको असहज परस्थितिमा बैठक गर्न जोखिम हुने कुरालाई ध्यान दिँदै नयाँ मिति तय भएको बताइएको छ।

प्रकाशित : २०७७ कार्तिक १२ गते १४:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI