No ads found for this position

नक्कली र सक्कली मह कसरी छुट्याउने ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते १४:२६
No ads found for this position
नक्कली र सक्कली मह कसरी छुट्याउने ?
No ads found for this position

मह भन्ने बित्तिकै मन नपर्ने मानिसहरु कमै होलान । स्वाद गुलियो अनि खाना सहज हुने भएको हुनाले पनि यसलाई मानिसहरुले रुचाउने गर्छन् । जुन मावन स्वास्थ्यको लागी पनि अनेकौ फाईदा गर्छन् । तर पछिल्लो सिमय ब्यापारीहरुले अर्गानीक महको नााममा चिनी लगाएत बिभिन्न मिसावट गरि ग्राहकहरुलाई ठगी रहेका हुन्छन् । भने त्यस महले मानव शरिरमा समेत हानी हुन्छ । त्यसैले आज हामी तपाईहरुलाई नक्कली र सक्कली मह कसरी चिन्ने यसको बारेमा केहि जानकारी दिन गईरहेका छौं ।

१. तातो पानी घुल्दैन
तातो पानी बताइदिन्छ नक्कली वा सक्कली मह महलाई चिन्ने सबैभन्दा राम्रो र सजिलो तरिका तातो पानी हो । मह पानीमा घुल्यो भने सम्झनुहोस् यसमा मिसावट छ । यदि पानीमा त्यो घुलेन भने मिसावट मुक्त मान्न सकिन्छ ।

२ आगोमा जल्छ 
आगोमा जल्छ शुद्ध मह यदि पानीबाट जाँच गर्न सकिएन भने यसलाई आगोमा मिसाएर परीक्षण गर्न सकिन्छ । मह लगाएको कपास जल्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

३. टिस्यु पेपरले सोस्दैन
टिस्यु पेपरबाट पत्ता लाग्छ महको शुद्धता महको शुद्धताको जाँच ब्लोटिङ वा टिस्यु पेपरबाट पनि गर्न सकिन्छ । यदि महमा पानीको मिसावट छ भने त्यो पेपरले पानी सोस्छ । शुद्ध मह भने पेपरको माथि नै रहन्छ ।

४. शुद्ध मह पाउरोटीमा लगाउँदा जमेर बसिरहन्छ
पाउरोटीको सहयोगबाट परीक्षण दैनिक खाने पाउरोटी पनि महको परीक्षणमा सहायक हुने गर्छ । शुद्ध मह पाउरोटीमा लगाउँदा त्यो कठोर हुने गर्दछ ।

५. औंलाबीच मोटो तार बन्छ 
औलाको सहयोगले जाँच महको एक थोपालाई बुढी औंला र चोर औंलाले च्याप्नुपर्छ । त्यसपछि बिस्तारै दुई औंला फट्याउनु पर्छ । यस्तो हुँदा दुई औंलाबीच मोटो तार बन्यो भने त्यो मह शुद्ध मान्न सकिन्छ ।

६. पानी र भेनेगर मिसाउदा फोका उठ्दैन 
पानी र भेनेगरमा २, ३ थोपा मह मिसाउदा दुई तीन मिनेटसम्ममा त्यसमा फोका उठ्न थाल्यो भने जान्दा हुन्छ कि महमा मिसावट छ ।

प्रकाशित : २०७७ कार्तिक १२ गते १४:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI