No ads found for this position

शौच गर्दा किन राखिन्छ कानमा जनै ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते ८:५२
No ads found for this position
शौच गर्दा किन राखिन्छ कानमा जनै ?
No ads found for this position

गुरुकूलमा पढ्ने विद्यार्थीहरुलाई धेरै जानकारी हुनसक्छ कुनैपनि दि्वजले शौच गर्न जानुपूर्व जनैलाई किन कानमा राख्नै पर्छ ? यो कानमा नराख्दाको सजाय पनि कतिपय गुरुकूलमा भोग्नुपर्ने हुन्छ । धेरै ठाउँमा यसको शास्त्रीय पक्षको विषयमा चर्चा गरिने भएकोले यसलाई धेरैले गम्भीर रुपमा लिने गर्दैनन् । तर, यो केवल शास्त्रीय हिसाबले मात्रै नभएर व्यवहारिक रुपले पनि महत्वपूर्ण मानिन्छ ।

सामान्यतया जनैलाई यज्ञोपवित समेत भनिन्छ । यही यज्ञोपवितलाई शौच गर्दा कुन् कानमा राख्ने, कसरी राख्ने र किन राख्ने ? भन्ने विषयमा चर्चा भएको पाइन्छ । शास्त्रहरुका अनुसार ब्राहृमणहरुको दाहिने कानमा आदित्य, वासु, रुऽ, वायु र अग्निको वास रहेको हुन्छ । पराशरले पनि गंगा आदि नदीहरु र तीर्थयात्राहरुलाई मानिसले दाहिने कानमा धारण गर्ने गरेको विषयलाई स्वीकार गरेका छन् ।

कर्मपुराणले यो विषयलाई उल्लेख गरेको छ । जसमा भनिएको छ ।

निधाय दक्षिणे कर्णे ब्रहृमासूत्रमुदङ्मुखः ।

अग्नि कुर्याच्छन्कृन्मूत्रं रात्रौ चेद् दक्षिणान्मुखः ।

यसको अर्थ दाहिने कानमा जनै चढाएर दिनमा उत्तरतर्फ मुख गरेर तथा रात्रिमा दक्षिणामुख गरेर मल मुत्र त्याग गर्नुपर्छ । पहिलो कुरा त यो हो कि मलमुत्र त्यगमा अशुद्धता धेरै हुन्छ । अपवित्रता धेरै हुने भएकोले यसबाट बचाउनको लागि कानमा जनै राख्ने परम्परा रहेको भन्ने पनि धेरै मत पाइन्छ । यसलाई कम्मरभन्दा माथि आउने भएकोले त्यसैबाट जोगाउनको लागि समेत यस्तो गर्ने गरेको उल्लेख पाइन्छ ।

शास्त्रमा भनिएको छ :

मुत्रे तु दक्षिणे कर्णे पुरीषे वामकर्णके

उपवीतं सदाधार्यं मैथुनेतूपवीतिवत्

अर्थात्, मुत्र त्यागको समयमा दाहिने कामना जनै लगाउनु पर्छ । तर, मैथुनको समय भने जनै जस्ताको त्यस्तै पहिरिने गरिन्छ । आचार्य मनुले पनि शौचालय जाँदा जनैलाई कानमा नै राख्नको लागि भनेका छन् ।

उध्र्वं नाभेमेध्यतरः पुरुषः परिकीर्तितः

तस्मान्मेध्यतमं त्वस्य मुखमुक्तं स्वयम्भुवा – मनुस्मृति

यो मन्त्रले भन्छ कि मानिस नाभीको माथि पवित्र छ, नाभीको मुनि अशुद्ध । मानिस मलमूत्र धारक भएको कारण शौचको समयमा नाभीको तल्लो भाग प्रदूषित हुन्छ । त्यसकारण, त्यस समयमा पवित्र धागोको रुपमा रहेको जनै कानको टाउको वरिपरि लपेटिएको हुन्छ ।

विभिन्न धर्मशास्त्रहरुले दाहिने कानको शुद्धताको बारेमा भन्छ ।

मरुतः सोम इन्द्राग्नी मित्रा वरुणौ तथैव च

एते सर्वे च विप्रस्य श्रोते तिष्ठन्ति दक्षिणे

अर्थात्, वायु, चन्द्र, इन्द्र , अग्नि, मित्र, र वरुण यी सबै देवताहरू दि्वजहरुको दक्षिण कानमा बस्छन् ।

यसको वैज्ञानिक कारण

माथि उल्लेख गरिएको शास्त्रीय आधारलाई भने विज्ञानले पनि पुष्टि गरेको छ । विज्ञानले पनि शौचको समयमा जनैलाई कानमा राख्ने विषयमा अध्ययन गरेको पाइन्छ । लन्डनको क्वीन एलिजाबेथ चिल्ड्रेन्स अस्पतालका चिकित्सक एस. आर सक्सेनाका अनुसार हिन्दुहरूले शौचालय जाँदा जनै काँधमा राख्नुको वैज्ञानिक आधार रहेको छ । कानमा रहेको एउटा नसाले आन्दासँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छ । कानमा जनै राख्दा त्यसले आन्द्राको संकुचन र फैलावटमा धेरै प्रभाव पार्ने गर्छ । जसले मलद्वार शीघ्र खुलेर कब्जियत जस्ता समस्याहरु दुर गर्नेगर्छ । साथै मुत्राशयको मांशपेशीहरुको संकुचन र फैलावट समेत शीघ्र रुपमा हुने भएकोले यसले मुत्र त्याग प्रक्रियालाई शीघ्र रुपमा गर्न मद्दत गर्छ ।

यसका साथै हामी बढेको रक्तचाप नियन्त्रणका लागि कान नजिक रहेका नशाहरू थिचेर पनि यसको नियन्त्रण गर्न सक्छौं । इटालीको बाटी विश्वविद्यालयका न्यूरो सर्जन प्रोफेसर एनारीब पीताजेलीले पत्ता लगाएका छन् कि कानको वरिपरी दबाब दिँदा यसले मुटुलाई सुदृढ बनाइएको अध्ययनद्वारा प्राप्त रिपोर्टमा उल्लेख छ ।

यो आयुर्वेदमा उल्लेख छ कि विशेषगरी दाहिने कानबाट पार गर्दै एउटा नशा मल र मूत्रद्वारको ढोकासम्म पुग्छ । जसमा उनीहरूको कान मुनीको नशामा दबाब दिँदा शौच गर्न सजिलो हुन्छ । प्रत्येक पटक पिशाब गर्दा दाहिने कानमा जनै बेर्नु मधुमेह जस्ता रोगहरूका लागि समेत लाभदायक हुन्छ ।

त्यस्तैगरी, बायाँ कान धागोमा लपेटेर र शौचालयमा जाँदा पाइल्स जस्ता रोगहरूको सम्भावना पनि कम हुन्छ । पिसाब उत्सर्जन मुत्र उत्सर्जनको समयमा पनि हुने भएकोले दिसापिसाब गर्नु अघि नियम अनुसार हामीले दुबै दायाँ र बाँया कानमा जनै राख्ने गरिएको हो । अर्काे मुत्र उत्सर्जनको समयमा पुरुषको शरीरबाट सानो मात्रामा भएपनि शुक्रकीटहरु खेर गइरहेको हुन्छ । त्यसैले त्यसलाई नियन्त्रण गर्नको लागि समेत जनै कानमा राख्ने गरिन्छ ।

प्रकाशित : २०७७ कार्तिक १२ गते ८:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI