चन्द्र सतहमा पानी रहेको नासाको दाबी , जीवनकाे सम्भावना !

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ११ गते ७:४९
चन्द्र सतहमा पानी रहेको नासाको दाबी , जीवनकाे सम्भावना !

एजेन्सी, ११ कार्तिक । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको दाबी गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी रहेको पुष्टि भएको नासाले जनाएको छ ।

एक रिपोर्ट प्रकाशित गर्दै नासाले चन्द्र सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनुले त्यहाँ मानव जीवनको सम्भावनाको ढोका खुलेको बताएको छ । नासाको पछिल्लो अनुसन्धानले चन्द्रमाको घमाइलो सतहमा पानी र पानीका केमिकल कम्पाउण्ड भेटिएको पुष्टि गरेको हो ।

यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा बरफ पाइएको दाबी गरिएको थियो । अहिले घमाइलो सतहमा पानी भेटिएपछि त्यहाँ मानव बस्ती विकास गर्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुको भनाइ छ ।

नासाको अन्तरिक्ष यान ‘स्ट्रटोस्फेरिक अब्जरभेटरी फर इनफ्रारेड एस्ट्रोनोमी (सोफिया)’ रहेको ठूलो टेलिस्कोप मार्फत गरिएको अवलोकनबाट नयाँ कुरा थाहा भएको हो । सो टेलिस्कोपबाट बाफको अवस्थामा रहेको पानी पत्ता लगाउन वैज्ञानिकलाई सहयोग मिलेको बताइएको छ ।

तर त्यहाँ अहिले नै उक्त पानीलाई स्रोतका रुपमा प्रयोग गर्न सकिने वा नसकिने भन्नेबारे यकीन पुष्टि हुन सकेको छैन । जे भए पनि चन्द्र सतहमा पानी कतै तरल र कतै जमेको अवस्थामा रहेको भने पुष्टि गरिएको छ ।

प्रकाशित : २०७७ कार्तिक ११ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI