शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १० गते २०:४५
शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ?

एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ । जसले सम्बन्धमा थप मिठास ल्याउँछ ।

तर एउटा अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिएको छ । अनुसन्धानको परिणाम माथिको भनाईभन्दा फरक निस्किएको छ । अनुसन्धानको अनुसार शारीरिक सम्बन्ध राखेपछि पुरुषहरु दुखी हुन्छन् ।

महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ यस्तो समस्या 
यो अनुसन्धान जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो । जसको अनुसार महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् । पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो ।
यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो ।

अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुष गरेका थिए ।

प्रकाशित : २०७७ कार्तिक १० गते २०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI