No ads found for this position

८८ वर्षीय जेष्ठ नागरिक सहित ४१ जनाले कोरोनालाई जिते

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ८ गते १३:१७
No ads found for this position
८८ वर्षीय जेष्ठ नागरिक सहित ४१ जनाले कोरोनालाई जिते
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा उपचाररत ८८ वर्षीय जेष्ठ नागरिक सहित ४१ जना कोरोना संक्रमण मुक्त भएका छ्न ।

अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलका अनुसार देवचुलीका उच्च रक्तचापका बिरामी समेत रहेका ८८ जेष्ठ नागरिक सहित ११ पुरुष र ९ महिला सहित २० जना, कावासोतीका १० पुरुष र २ महिला सहित १२ जना, गैंडाकोटका ३ पुरुष र १ महिला सहित ४ जना, मध्यविन्दुका १ जना पुरुष , हुप्सेकोटका १ जना पुरुष, गुल्मी धुरकोटका १ जना पुरुष, भरतपुरका १ जना पुरुष, पर्साका १ जना पुरुष कोरोना संक्रमण मुक्त भएका हुन ।

यो सँगै अस्पतालको आईसोलेसनबाट संक्रमण मुक्त हुनेको संख्या ६ सय ८४ पुगेको छ भने अस्पताल बाट सेवा लिनेको संख्या ७०० कटेको पौडेलले बताए । संक्रमण मुक्त भएकालाई शनिबार बिहान डिस्चार्ज गरिएको हो ।

प्रकाशित : २०७७ कार्तिक ८ गते १३:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI