जिल्ला प्रहरी कार्यालय नवलपुरका १२ जना प्रहरीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ६ गते २२:४६
जिल्ला प्रहरी कार्यालय नवलपुरका  १२ जना प्रहरीमा कोरोना संक्रमण

रामकुमार श्रेष्ठ/कावासोती

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँण सहित जिल्ला प्रहरी कार्यालय नवलपुरका १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार डिएसपी खाँण सहित १२ जनामा संक्रमण देखिएको हो । डिएसपी खाँणको चितवनमा उपचार भईरहेको छ भने अन्य प्रहरीको रजहरको प्राकृतिक चिकित्सालयमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरमा अहिले अन्य प्रहरीहरुमा पनि लक्षण देखिएको छ । तथापि पिसिआर हुन भने बाँकी रहेको छ । नवलपुरमा पछिल्लो समय उच्च अधिकारी, प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, प्राध्यापकहरुमा समेत कोरोना भाइरस पोजेटिभ देखिएका घटनाहरु बाहिर आएका छन् ।

 

नवलपुरमा संक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । विहीबार नवलपुरमा १६ जनामका संक्रमण पुष्टि भएको छ । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १३ पुगेको छ भने नवलपुरमा अहिलेसम्म १ हजार ४ सय ३७ जना संक्रमित फेला परेका छन् । ति मध्ये १४ जनाको निधन भएको छ भने ९ सय १० जना निको भएका छन् ।

प्रकाशित : २०७७ कार्तिक ६ गते २२:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI