तीन दिन मौसम सफा रहने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ५ गते ८:५७
तीन दिन मौसम सफा रहने

काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र कर्णालीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने।

 

भोलि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाले पर्सि, ७ कात्तिक शुक्रबार पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरेको छ।

 

प्रकाशित : २०७७ कार्तिक ५ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI