देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
सोमबार ४० हजार ७ सय ७८ जना संक्रिय संक्रमितमध्ये २६ हजार ९२७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार २ सय २५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार २ सय ३२, प्रदेश २ मा ७ सय ३५, लुम्बिनी प्रदेशमा २ हजार ४ सय २०, सुदूरपश्चिम प्रदेशमा ५८३, गण्डकी प्रदेशमा ९२५ र कर्णाली प्रदेशमा ८०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित : २०७७ कार्तिक ३ गते १७:१९
Facebook Comment