ईरिक्सा अचानक स्टार्ट हुँदा ५ वर्षीय बालक गण्डक नहरमा डुबी बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३ गते ९:२०
ईरिक्सा अचानक स्टार्ट हुँदा ५ वर्षीय बालक गण्डक नहरमा डुबी बेपत्ता

पूर्वि नवलपरासीको विनयी त्रिवेणी स्थित पश्चिम गण्डक नहरमा खस्दा ५ वर्षीय बालक वेपत्ता भएका छन ।
विनयी त्रिवेणी गाँउपालिका वडा नं. ७ ब्यारेजपुल पश्चिम गण्डक नहरमा ना १ ह ४५७८ नम्बरको ई रिक्सा सहित स्थानीय प्रेम मिश्रका ५ वर्षीय छोरा शिवम् मिश्र नहरमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
पसलमा समानका किन्नका लागी बाबु प्रेम मिश्रले ईरिक्सा रोकिराखेको अवस्थामा बालक शिव्मले अचानक ईरिक्सा चलाउन खोज्दा अनियन्त्रीत भै नहरमा खसेका थिए । सडकबाट करिव ५० मिटर तल गण्डक नहरमा डुबी ईरिक्सा सहित वेपत्ता भएका बालकको खोजी कार्य  भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ३ गते ९:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI