पुष्पराज अधिकारी
हरेक मानिस आफ्नो जीवन खुशी बनाउन चाहन्छन्। रात दिन यसैको लागि दौड धुप गरिरहेका हुन्छन्। तर आफू कसरी खुशी हुने कसरी सुखी हुने भन्ने कुरा स्वयं उसको हातमा हुन्छ। खुशी भन्ने कहिँ कतै खोजेर धौड्धुप गरेर पाउने होईन। यो तपाईंले गरेको कर्ममा भर पर्छ।
जब हजुरले आफ्नो कसिएको मुठी खोल्नु हुन्छ त्यसपछी खुल्ला मुठिले मानिसको मन पनि खुल्ला बनाउछ।कसिएको बन्द मुट्ठीमा न कसैले केही दिएको थाप्न सकिन्छ न त आफुले मुठी कसेर अरुलाइ केही दिन सकिन्छ? हामिले खुशी पाउन अरुलाइ पनि खुशी दिएको हुनै पर्छ।तपाईं अरुलाइ रुवाउदै हिड्नुहुन्छ भने तपाइलाई भगवानले पनि कहिल्यै खुशी बनाउन सक्दैनन् ।यदि तपाईं अरुलाइ खुशी भयेको हेर्न चाहनुहुन्छ भने तपाइ पनि सकारात्मक सोच गरि अरु प्रती कर्म गर्न सक्नु पर्छ। तिर्खाएको लाई पानी दिई प्यास मेटाउनु भयो भने उसले पक्कै पनि आशीर्वाद दिन्छ र ढिलो चाँडो तपाइलाई त्यो आशिर्वाद लाग्छ नै। तर यदी तपाइँ कोहि प्रति नराम्रो सोच्नु भयो भने उसले पनि तपाइलाई नराम्रो गर्ने मौका कुरिरहेको हुन्छ। एक दिन तपाइलाई जाइ लाग्छ नै।तपाईं जस्तो रोप्नु हुन्छ तेस्तै फल्ने हो। सर्पलाई, कुकुर लाई जिस्काउनु भयो भने त्यसले पक्कै टोक्ने नै हो। राम्रो कामको राम्रै फल र नराम्रो काम को नराम्रै फल मिल्ने हो। र यसको राम्रो नराम्रो फलको परिणाम ढिलो चाँडो हरेक को जीवनमा चक्र घुमेझैँ आइनै रहन्छ। यो हरेक कुरामा लागू हुन्छ।
बगैंचाको फुल समयमै काट् छाट गर्दा त्यसले बेग्लै शोभा दिन्छ भने हेरचाह नहुँदा त्यो कुरुप जस्तो हुन्छ।
भनिन्छ नि if you do good, It will come and back to you. Do good, good will come. Do wrong wrong will come.
त्यसैले आफ्नो जीवन wrong बनाउने कि good बनाउने सो कुरा आफ्नै ब्यवहारमा भर पर्दछ। तपाइँले कसैको केहि बिगारिदिनुभयो भने उसले पनि तपाइको बिगार्नै खोज्छ।हुन सक्छ तपाइले भन्दा बढि क्षती उसले तपाइमा पार्न सक्छ।
हाम्रो समाज पनि अचम्म को छ।जब हामी जन्मेर बिस्तारै हुर्कदै गर्छौं तब हाम्रो दिमाखमा अरु भन्दा राम्रो, अरुले भन्दा धेरै कमाउने र प्रायः सबैमा अरुसँग दाज्न पुग्छौं र आफ्नो लागि राम्रो भन्दा पनि अरुको राम्रो हुँदा चिन्तित हुन्छौं ।अरुको कसरी नराम्रो हुँदा आफू माथि पर्न सक्छौं त्यो तोते बोली देखि सिकेको बानी र यहि रहन सहनले अरुलाई सहयोग गर्दा अरुलाइ सिकाउँदा अफ्नो घट्ने वा आफू तल परिने हो कि भन्ने कच्चा डर को भावको गहिरो त्रास मनमा बास गरिरहेको हुन्छ। जे सिक्यो त्यही ब्यवहार गर्ने हो। नानि देखिको बानी परेको छ हामिमा।
आज भोलि कहिँ कतै एक्सिडेन्ट् भएर घाइते भएर छट्पटाइ रहेको मान्छे छ भने पनि त्यहाँ त्यो भिड्ले घेर्नेहरु घाइते सित सेल्फि फोटो खिच्ने, लाइभ भिडियो बनाउने र पैसा कमाउने नाममा युट्युव लगायतका सामाजिक संजालमा हाल्ने गर्छ । बिरामी हस्पिटल जान नपाएर तेहि घटना स्थलमा मृत्युवरण गरेका घटनाका प्रमाण पनि हामिमा धेरै छन। घाइतेलाई समयमै हस्पिटल पुराएर उसको जीवन बचाउन सकेको भए उसको आशिर्वाद अवश्य लाग्न सक्थ्यो अर्थात उ सन्चो भएर फर्के पछि तपाईँलाई कुनै न कुनै दिन ठूलो गुन लगाउन पनि त सक्थ्यो।
पृथ्वीका मानिस कोहि धेरै धनी छन त कोहि धेरै नै गरिब छन। एकदिन एउटा गरिब फुच्चे केटो रेल्बे स्टेसन छेउ को ठुलो डिपार्टमेन्ट स्टोरको छेउमा धेरै सुकिला लुगा लगाएका तथा धनी मानिस हरु ओहोरदोहोर हुने ठाउँमा उसले लगाएको चप्पलको तना छिन्छ र उ एउटा सितल ठाउँमा बसेर त्यो चपलको तना गास्ने उपाय गर्छ। मैलो अनि फाटेको लुगा भएको अनि कपाल पनि जुङ्ग्रुङ्ग जस्तो परेको त्यो गरिब केटोले आफ्नो चपल को तना गास्न सक्दैन।
आफुले प्रतीक्षा गरेको रेल आउँछ।नयाँ जुत्ता वाला केटो भिड्भाड को बिच बल्ल तल्ल उसको ड्याडी को हात समाइ रेल भित्र उसको एउटा खुट्टा परेको मात्र के थियो उसको अर्को खुट्टाको त्यो नयाँ जुत्ता चिप्लिएर भुइँमा खस्न पुग्छ। यो दृस्य त्यो गरिब बालकले देखि रहेको हुन्छ। बालक जुरुक्क उठ्छ र भएभरको बल लगाएर खरायोलाई समेत जित्ने गरि दौडेर त्यो नयाँ कालो जुत्ता टिप्छ र अझै जोडसँग दौडिएर त्यो रेललाई भेट्ने कोसिस गर्दछ। यो सबै दृश्य रेलको डिब्बा भित्र को त्यो अर्को बालक ले नियालिरहेको हुन्छ। जुता पाउने भैयो भनेर खुशी पनि हुन्छ र झ्यालबाट हेरि रहन्छ त्यही दौडिरहेको केटोलाई। रेल अझ स्पिड मा दौडिन्छ। जुता समातेर जति दौडिएपनी उ त्यो कुदेको रेल को छेउ सम्म मात्र पुग्छ।बालक भएको ढोका सम्म पुग्नै सक्दैन।अन्ततः उसले आफ्नो हातको जुत्ता रेल भित्र पुग्ने गरि बेस्कन हुत्याउन खोज्छ।तर जुत्ता रेल मा ठोक्किएर भुइँ मै झर्छ। रेल भित्रको त्यो केटोले पाउन सक्दैन।अनि उत्तिन्खेरै रेल भित्रको त्यो बालक ले त्यो जुता टिपेर दिन खोज्ने केटोलाइ हात हल्लाउँदै उस्ले जुत्ता दिन खोजेको र दुख गरेको गुन सम्झेर खुशी हुँदै अर्को खुट्टामा लगाइ रहेको जुत्ता उस्ले लगाओस भनेर सोच्दै अर्को जुत्ता फुत्त भुइँमा फाल्छ। अनि तलको दौडने केटोले जुत्ता टिपेको पनि देख्छ र मन पुनः खुशी बनाउँछ।त्यो जुत्ता पाउने केटो भने मैले राम्रो मन ले जुत्ता पुराउन खोजेर जुत्ता हातमा दिन नसके पनि मैले गरेको राम्रो काम ले भगवानले राम्रै गरेकोले आफुले नयाँ दुई ओटै जुत्ता लगाउन पाएकोमा उसमा खुशिको सिमा रहँदैन।
एउटा ठूलो कम्पनीको मालिक बिहान आफ्नो अफिस जाने क्रममा आफ्नो कारमुनि एउटा कुकुर देख्छ अनि त्यो कुकुर लाई ढुङ्गा टिपेर हान्न खोज्छ।कुकुर आत्तिएर भाग्ने क्रममा तेहि मान्छे लाई खुट्टामा ठोकिदै कुल्लेलाम ठोक्छ। त्यो मालिक कुकुरमा ठोक्किएपछि रिसले चुर हुन्छ र ढुङ्गा टिपेर हान्दै लखट्छ। उ, कुकुर टाढा न भागुन्जेल सम्म सकि नसकी ढुङ्गा प्रहार गरि रहन्छ। अफिस पुगेपछी आफ्नो म्यानेजर सँगको मिटिङ्गमा कार्य सम्पादनको फाइल केही नहेरी उक्त म्यानेजरसँग काम राम्रो भएन भन्दै रिसाउँछ। के काम गरेको येस्तो? गेट आउट फ्रोम माइ रुम भनेर कराउन पुग्छ।यो रिस म्यानेजर ले अरु कर्मचारी हरुमा पोख्छ।
कार्यलयका सम्पुर्ण कर्मचारी अशान्त बनेका हुन्छन।अफिसमा कुनै काम सम्पन्न हुने बाताबरण हुँदैन । अन्य कर्मचारी पनि एउटा पिउन् लाई बोलाएर आउदा फाइल किन न लिई आएको? हिजो चिया किन न मीठो बनाएको भनेर हकार्छन। तैँले गर्दा यो सब बिग्रेको भनेर गाली गर्छन। बिना कारण गाली खाएको पिउन् बेलुका मनमा अनेक कुरा हरु खेलाउँदै मन अशान्त बनाउदै केही अबेर पछि घर पुग्छ साँझ पख। आज किन ढिला आएको भनेर ढोका खोलेर श्रीमतीले येति भन्न नपाउँदै उसले रिस पोख्ने बाटो देख्छ। के म खेल्न गएको हो? मलाइ परिवार को चिन्ता छैन र? तलाँई पख भन्दै पिटुला झै गर्छ। अनि अरु के के भनेर एकहोरो गाली गरि रहन्छ।
रिसले चुर भएकी श्रीमती पनि खाना नखाइ आफ्नो बेड्मा गएर पल्टिन्छे। उसले आफ्नो सानो छोरा हाँसी हाँसी टिभिमा कार्टुन हेरेको देख्छिन। अब उसको रिस त्यो सानो छोरा माथी पुग्छ। बच्चालाई गालामा एक थप्पड हान्दै पढ्ने होइन खाली टि भि हेर्ने? तैले गर्दा यो सब भइ रहेको छ भन्दै कराउँछिन।बिचरा आफ्नो होमवर्क सकाएर भर्खर टिभी हेर्न बसेको त्यो बालक रुँदै घर बाहिर निस्किन्छ ।बाहिर उसले एउटा कुकुर उ भएको छेउतिर आउदै गरेको देख्छ। रिसले चुर भएको त्यो बालक एउटा ढुङ्गा टिप्छ र त्यो कुकुर लाई हान्छ। ढुङ्गाले लागेर क्वा क्वा गर्फै भुक्दै अलिपर सम्म भाग्छ। फेरि त्यो कुकुर केही छिनमै त्यहाँ आउँछ र त्यो बालक लाई टोक्छ। बालक मुर्छा परेर चिच्याउन पुग्छ।यो कुकुर तेहि बिहान त्यो कम्पनिको मालिक ले ढुङ्गाले हानेर रिसले चुर भयेको कुकुर हुन्छ। यहाँ नराम्रो सोच ले गर्दा सबैमा नराम्रो नै भयो।
यस कारण आफ्नो घर, परिवार , समाज र सिङ्गो राष्ट्र बिकसित हुन, सान्त समाज निर्माण गर्न हामीमा सकारात्मक सोच हुनु पर्दछ।हामी आफुले अरु प्रती सच्चा भाव राख्नु पर्दछ। यो भावले समग्र हित गर्दछ। सच्चा मनले अरुको मन जित्न सकिन्छ।अनि आफुले गरेको सत्कर्म को ढिला चाँडो यसले राम्रो नतिजा दिन्छ। राम्रो सोच्नेलाइ भगवानले कहिले पनि कतै बाट पनि दुख दिदैनन। कहिले काहीँ भगवानले हामिमा परिक्षा लिन सक्नेछन् तर निस्वार्थ भावले काम गरिएकोले कुनै हानी नोक्सानी हुदैनन् राम्रो गर्दा राम्रो मात्र हुन्छ। घुमेर फिरेर जिवनका केही अन्तरालमा तपाइँलाई कतै न कतै बाट सोच्दै न सोचेको ठाउँबाट पनि सहयोग मिलि रहेको हुन्छ। यो नै जीवन को यथार्थता हो।गोड्मेल गरेको बालिले नै हो राम्रो फल दिने हो।यो बास्तबिकता सबैले भित्री आत्मा देखि मनन गर्नु र बुझ्नु आजको समाजको आवश्यकता हो।
कीर्तिपुर -०२, काठमाडौ ।
प्रकाशित : २०७७ कार्तिक २ गते २०:३६
Facebook Comment