No ads found for this position

छोरीसँग महिनावारीको कुरा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १ गते २१:५५
No ads found for this position
छोरीसँग महिनावारीको कुरा
Young female psychologist working with teenager girl in office
No ads found for this position

आमा र छोरीबीच यौन तथा प्रजनन स्वास्थ्यको खुलेर कुरा हुनुपर्ने हो । तर, भइरहेको पाइँदैन । न आमाले छोरीलाई यौन स्वास्थ्य एवं प्रजननका बारेमा अनुभव सुनाउँछिन्, न छोरीले आमाकाे सामुन्ने कुनै प्रश्न नै राख्छिन् ।

यौन एवं प्रजनन स्वास्थ्य एक संवेदनशील कुरा हो । तर, यस सम्बन्धमा खुलेर चर्चा गर्ने परिपाटी छैन, हामीकहाँ । यी विषयमा न समाज खुल्छ, न परिवार । कम्तीमा आमा र छोरीबीच त चर्चा हुनुपर्ने हो । तर, यी विषयलाई उनीहरुले बेवास्ता गरिदिन्छन् वा धक मान्छन् ।

खासगरी मासिक स्राबको कुरा । पहिलो मासिक स्राबको बखत छोरी हुर्किसकेका हुँदैनन् । उनलाई यस्ता विषयमा खास जानकारी हुँदैन । त्यसैले आमाको भूमिका हुन्छ कि, छोरीलाई मानसिक वा शारीरिक रुपमा तयार राख्ने । कुनैपनि बेला, जहाँ पनि मासिक स्राब हुनसक्छ । त्यस्तो बेला के-कस्ता जटिलता आउन सक्छ ? आमाले सर्तक गराउन सक्छिन् ।

मासिक स्रावको बेलामा कसैलाई धेरै शारीरिक पीडा हुन्छ । रक्तस्राव धेरै हुन्छ । बेचैनी वा छटपटी हुन्छ । यस्तो अवस्था स्वभाविक हो र त्यसलाई कसरी सम्हाल्ने भन्ने कुरा आमाले सम्झनुपर्छ । साथै महिनावारीपछि कसरी यौनाङ्गको सरसफाइमा ध्यान दिने ? के गर्ने ? के नगर्ने सबै कुरा सुझाउनुपर्छ ।

कपडाको प्रयोग गर्नु हुँदैन

आज पनि हाम्रो देशमा सचेतनाको कमीका कारण महिनावारीको क्रममा थोत्रो कपडा प्रयोग गर्छन् । यसो गर्दा उनीहरु गम्भीर रोगको सिकार बन्न पुग्छन् । कपडाको प्रयोग गर्नाले हुने विरामीको बारेमा आफ्ना छोरीहरुलाई जागरुक बनाउनु पर्छ ।

। छोरीलाई स्यानिटरी प्याडको बारेमा अवगत गराउनु पर्छ । यसको प्रयोगले उनी विरामीबाट टाढा त रहन्छिन् नै, त्यसको साथै महिनावारीको क्रममा पनि कुनै अफ्ठ्यारो बिना हिँडडुल गर्न सक्छिन् ।

प्याड कहिले परिर्वतन गर्ने ?

आमाले आफ्नी छोरीलाई प्याड परिर्वतन गर्ने बारेमा पनि बताउनु पर्छ । सामान्यतया हरेक ६ घण्टामा प्याड परिवर्तन गर्नु पर्छ । यसबाहेक आफ्नो आवश्यक अनुासर पनि स्यानिटरी प्याड परिर्वतन गर्नु पर्छ । धेरै रगत हुँदा पनि बारम्बार प्याड परिवर्तन गरिरहनु पर्छ, तर यदि रगत कम बगेको छ भने बारम्बार प्याड परिर्वतन गरिरहनु पर्दैन । तर पनि ४ देखि ६ घण्टामा स्यानिटरी प्याड परिर्वतन गर्नु पर्छ, जसका कारण इन्फेक्सन हुन पाउँदैन ।

यौनाङ्गको नियमित सफाई

म्हिनावारीको क्रममा गुप्ताङ्गको वरपरको छालामा रगत लाग्छ, जुन संक्रमणको कारण बन्न सक्छ । त्यसैले यैनाङ्गको नियमित रुपले धोएर सफा गर्नु सल्लाह दिनु पर्छ । यसो गर्दा योनीबाट दुर्गन्ध पनि निस्कदैन ।

यी कुराहरुको प्रयोग गर्नु हुँदैन

यौनाङ्गले प्राकृतिक प्रणाली अनुसार नै आफुलाई सफा राख्ने गर्छ । जसले राम्रो नराम्रो ब्याक्टेरियालाई सन्तुलनमा राख्छ । योनीमा साबुन प्रवेश ग¥यो भने त्यसले राम्रो ब्याक्टेरियालाई नष्ट गर्न सक्छ । त्यसैले साबुनको प्रयोग नगर्न सल्लाह दिनु पर्छ ।

धुने सही तरिका

यौनाङ सफा गर्नका लागि योनीबाट मलद्वारतिर सफा गर्न सिकाउनु पर्छ । विपरित दिशाबाट कहिले पनि योनीलाई सफा गर्नु हुन्न । त्यसो गर्दा मलद्वारमा समावेश ब्याक्टेरिया योनी भित्र पस्न सक्छ र संक्रमणको कारण बन्न सक्छ ।

स्यानिटरी प्याडलाई नष्ट गर्ने तरिका

प्रयोग गरेको प्याडलाई सही तरिकाले र सही ठाउँमा फ्याँक्न सिकाउनु पर्छ किनभने यो संक्रमणको कारण बन्न सक्छ । प्याडलाई कहिले पनि फ्लश गर्नु हुँदैन किनभने त्यसले ट्वाइलेटलाई ब्लक गर्न सक्छ । प्याड फ्याँकेपछि हातलाई राम्रोसंग धुन आवश्यक छ ।

नियमित रुपमा प्याड परिर्वतन गर्नु

महिनावारीको क्रममा धेरै रगत बग्नाले प्याड भर्रिएर रगत बाहिर निस्कन सक्छ । यस्तो विशेष गरेर त्यो समयमा हुन्छ, जब प्याड लामो समयसम्म भिज्छ  र छालासंग रगडिन्छ । त्यसैले छोरीलाई नियमित रुपले प्याड परिवर्तन गर्न सिकाउनु पर्छ । यदि यो क्रममा छाला रगडियो भने नुहाए पछि र सुत्नु अगाडि एन्टीसेप्टिक क्रिम लगाउनु पर्छ । यसले रगडिएको ठाउँ निको हुन्छ । यदि क्रिम लगाएर पनि ठीक भएन भने उसलाई डाक्टरलाई जँचाउनु पर्छ ।

एकै प्रकारका सेनिटरी  प्रयोग गर्नु पर्छ

जुन किशोरीहरुलाई महिनावारीमा धेरै रगत बग्छ, उनीहरुले एकै पटक दुई वटा प्याडहरु अथवा एउटा प्याडको साथमा ट्याम्पोन प्रयोग गर्छन । कहिलेकाहिं स्यानिटरी प्याडसंग सफा कपडा पनि प्रयोग गर्छन् । यसो गर्नाले उनीहरुलाई लामो समयसम्म प्याड परिवर्तन गर्ने आवश्यकता पर्दैन ।

त्यस्तो बेला छोरीहरुलाई एक समयमा एउटै प्रोडक्ट प्रयोग गर्नका लागि सम्झाउनु पर्छ । जब एक साथ दुई प्रकारका प्रोडक्टहरु प्रयोग गरिन्छ, त्यस्तो बेला तिनलाई परिवर्तन गर्न सकिंदैन । फलस्वरुप इन्फेक्सनको सम्भावना बढ्दछ ।

प्रकाशित : २०७७ कार्तिक १ गते २१:५५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI