बुढिगण्डकीमा ९ अर्ब खाएको निराधार भन्दै प्रधानमन्त्रीले बाबुरामलाई भने अनुशासनहिन नबन्नुस

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३० गते १२:४९
बुढिगण्डकीमा ९ अर्ब खाएको निराधार भन्दै प्रधानमन्त्रीले बाबुरामलाई  भने अनुशासनहिन नबन्नुस

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई गलत सूचना तथा गलत बाटोमा लाने गरि अनुशासनहिन तथा गैरजिम्मेवार नबन्न डा. बाबुराम भट्टारईलाई चेतावनी दिनुभएको छ ।

६५औं नेपाल प्रहरी स्थापना दिवनशको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो हैसियत तथा इतिहास अनुसारको जिम्मेवार हुन चेतावनी दिनुभयो । डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभाापति शेरबहादुर देउवाले बुढिगण्डकी जलविद्युत आयोजनामा ९ अर्व घोटला गरेको प्रमाण आफुसँग रहेको र त्यो आवश्यकता अनुसार प्रमाण सार्वजनिक गर्न तयार रहेको भनि अभिव्यक्ति दिनुभएको थियो ।

सोही प्रशंगलाई लक्षीत गर्दै प्रधानमन्त्री ओलीले उक्त आरोप प्रमाणीत गर्न चुनौति दिनुभयो । अनुशासनहिन र गैरजिम्मेवार तत्वलाई विधिको आवश्यकता नपर्ने उल्लेख गर्दै उहाँले डा. भट्टराईको आरोप गैरजिम्मेवारी अभिव्यक्ति भएको बताउनुभयो । सरकार भ्रष्टाचार तथा अनियामिताको बिरुद्धका निम्ती निर्मम भई अघि बढ्ने पुनः दोहोर्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार निराधार तथा गैरजिम्मेवार हुन नसक्ने समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामि त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ । केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैरजिम्मेवार अभिव्यक्ति निराधार छ ।’

भ्रष्टाचार विरुद्धको शुन्य सहनसिलता वर्तमान सरकारको नीति भएकाले त्यसको लागि नेपाल प्रहरीले समेत विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरी गतिशिल संगठन भएको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीको सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले रचनात्मक सुधारलाई सहयोग गर्ने नेपाल सरकार सदैव तयार रहेको समेत प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित : २०७७ असोज ३० गते १२:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI