लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २९ गते १४:३५
लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा  रुपन्देही जिल्ला बुटवल उपमहानगरपालीका वडा न ७ निवासी ७० वर्षीया महिला र अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न ९ निवासी ७३ वर्षीय  पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

७३ वर्षीय पुरुष  ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि असोज २८ गते अस्पतालले संचालन गरेको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

अस्पतालमा आइसियुको अभाव भएकोले उनलाई  बेलझुण्डी अस्पताल दाङ लैजाँदै गर्दा  बिहीबार ७ः४५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनको असोज २७ गते कोरोना पोजेटिभ आएको थियो।

त्यस्तै ७० वर्षीय महिला असोज २१ गते  अस्पतालको आइसोलेसनमा भर्ना भएका थिइन्। उनको सोही दिन कोभिड पोजेटिभ आएको थियो। उनलाई ज्वरो, दम, निमोनिया र स्वासप्रश्वासमा समस्या भएर बिहीबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

प्रकाशित : २०७७ असोज २९ गते १४:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI