बेल्डियाका १५ वर्षीय बालक हराए : खोजीमा सहयोग गर्न परिवारको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २८ गते २०:३२
बेल्डियाका १५ वर्षीय बालक हराए : खोजीमा सहयोग गर्न परिवारको आग्रह

गैँडाकोट नगरपालिका वडा नं. १३ बेल्डिहा का एक बालक हिजोदेखि हराएका छन ।

गैँडाकोट नगरपालिका वडा नं. १३ का १५ वर्षीय विन्देश ढकाल हिजो दिउसोदेखि परिवारको सम्पर्क बाहिर रहेको मामा विवेक न्यौपानेले जानकारी दिनुभयो ।

अम्मर ईग्लिस बोडिङ स्कुल अमरापुरीमा कक्षा १० मा अध्ययनरत विन्देश हिजो दिउसो २ वजेदेखि  सम्पर्क बाहिर रहेका हुन । हिजोदेखी नै परिवारले विभिन्न समुह बनाएर खोजीकार्य गरेको भए उनि कहाँ छन भन्नेबारेमा केहि पत्ता लाग्न सकेको छैन ।

बालकको खोजीमा सहयोग गरिदिन आग्रह गर्दै परिवारले कहिकतै देख्नु हुने तथा भेट्ने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय अथवा मोवाईल नं. ९८४५३३३७८१, ९८४५५६७६९४ , ९८११५९६२१२ ९८१५२२७६५७, ९८२४२४०५२२ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।

 

प्रकाशित : २०७७ असोज २८ गते २०:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI