बलिउड कलाकार भारतीय मिडियाविरुद्ध मुद्धा हाले, अर्नव गोश्वामी पनि बिपक्षमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते २३:१२
बलिउड कलाकार  भारतीय मिडियाविरुद्ध मुद्धा हाले, अर्नव गोश्वामी पनि बिपक्षमा

२६ भदौ । बलिउडकर्मी तथा बलिउडका ठूला चलचित्र कम्पनीहरु भारतीय मिडिया बिरुद्ध उत्रिएका छन् । बलिउड अभिनेता सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन लगायत ३८ फिल्म कम्पनीहरुका संचालकहरु बिशेषगरी निजी संचारमाध्यमका बिरुद्ध उत्रिएका हुन् ।

उनीहरुले बलिउड उद्योगमा आँच पुग्ने सामग्री प्रकाशन तथा प्रशारण गरेको भन्दै उच्च अदालतमा भारतीय मिडिया बिरुद्ध मुद्दासमेत दायर गरेका छन् । बिशेषत भारतका मिडियाहरुले गैरजिम्मेवार, अपमानजनक तरिकाले फिल्मी क्षेत्रका समाचारहरु प्रकाशन तथा प्रशारण गरेको उनीहरुको आरोप छ ।

मुद्धाको रिटमा बलिउडकमीहरुले रिपब्लिक टीभीका अर्नब गोश्वामी, राहुल शिवशंकर, नविका कुमार र प्रदिप भण्डारीलाई विपक्षी बनाएका छन् । त्यस्तै रिटमा यसअघि प्रकाशन तथा प्रशारण भएका समाचार सामग्रीहरुमा आपत्तीजनक, अश्लिल र अपमानजनक भाषाहरु तत्काल हाउनपनि माग गरिएको छ ।

प्रकाशित समाचारहरुमा तथ्यता र सत्यताको आधार विन व्याक्तिगत भावनाका कुरा समेटेको भन्दै बलिउडकर्मीहरुले आपत्ती जनाएका छन ।-एजेन्सी

प्रकाशित : २०७७ असोज २६ गते २३:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI