यौन सम्पर्क जिन्दगीको एउटा महत्वपूर्ण रमाइलो क्षण हो । यसलाई लिएर सबैको मनमा कैयौं किसिमका जिज्ञासाहरू समेत व्यक्त गर्ने गर्छन् । यससँग जोडिएका कैयौं जटिल विषयहरु हुन्छन् जसको बारेमा आजसम्म जवाफ पाउन मुस्किल छ । यो सवालको जवाफ खोज्नको लागि ती मान्छेहरु किताब या इन्टरनेटको सहारा लिने गर्छन् । तर कैयौं किताब र लेख पढ्दा पनि सन्तुष्ट हुने उपाय भेट्न सकिँदैन । त्यसैले यौन सम्पर्क कहिले र कतिपटक गर्ने ? भन्ने विषयमा केही विवरण उल्लेख गरिँदैछ ।
विवाहको कति समय पछि गर्ने सम्भोग ?
विवाहलगत्तै मान्छेले सम्भोग गर्नेगर्छन् । तर एकअर्कालाई भावनात्मक रुपमा राम्रोसँग नचिनेसम्म यौन सम्पर्कले मात्रै सम्बन्ध सुमधुर बन्दैन । त्यसैले विशेषगरी मागी विवाहको लगत्तै सुहागरात वा सम्भोग गर्दा यसले विभिन्न नकारात्मक असर देखिन सक्छ । त्यसैले हिन्दू शास्त्रले पनि विभिन्न प्रक्रिया पूरा गरेर विवाहको केही दिनपछि मात्रै सम्भोग गर्न सुझाव दिन्छन् । कतिपय विवाहिता जोडीलाई समेत विवाहको केही समयमा नै सम्बन्धमा मनमुटाव सुरु हुने गर्छ । त्यसैले यौन सम्पर्क भावनात्मक रुपमा मन जोडिएपछि मात्रै गर्नु उपयुक्त हुने गर्छ ।
विवाहपछि पतिपत्नीबीच एक अर्काले खुलेर व्यवहार गर्न केही समयलाग्छ । त्यतिबेलासम्म यौन सम्पर्क गर्दा यसले लामो समय सम्बन्धलाई अघि बढाउन नसक्ने जानकारहरु बताउँछन् ।
सम्भोगको समय : बिहान कि राति ?
यौन सम्पर्क गर्ने सही समय कुन होला ? कोही रातिको समयलाई उपयुक्त मान्छन् भने कसैले बिहानको समय यौन सम्पर्कको लागि उपयुक्त मान्छन् । तर मान्छेको उमेर अनुसार मान्छेको मनभित्र कामभावना फरक हुने गर्छ । मान्छेको उमेर अनुसार उसको शरीरमा बदलाव आउँछ र त्यसले मान्छेको कार्यक्षमतामा पनि असर गर्ने गर्छ । उमेर अनुसार सम्भोगको समय यस्तो हुन्छ ।
२० वर्षको उमेरमा : विशेषज्ञहरु यस उमेरका धेरै मान्छेमा मध्य दिउँसो धेरै कामभावना विकास हुने र दिउँसो ३ बजेतिर यो भावना चरम रुपमा पुग्ने बताइन्छ । यसका अलावा यस उमेरका मान्छे दिनमा कहिलै पनि यौन सम्पर्क राख्न सक्छ ।
३० वर्षको उमेरमा : यो उमेको मान्छेको व्यवहार बदलिइसकेको हुन्छ । यो उमेरको मान्छेलाई बिहानको समयमा यौन सम्पर्कको लागि तीब्र इच्छा हुन्छ । यो उमेरको मान्छेको लागि बिहान साढे आठ बजेतिरको समय सम्भोगको लागि उपयुक्त मानिन्छ । सूर्य उदाएसँगै यो उमेरका केटाकेटी दुवैमा टेस्टोस्टेरोनको स्तर बढ्न जान्छ ।
४० वर्षको उमेरमा : यो उमेरको मान्छेको लागि रातिको समय यौन सम्पर्कको लागि उपयुक्त हुने गर्छ । विशेषज्ञहरूका अनुसार राति साढे १० बजेको समयमा यौन सम्पर्क राख्नु यो उमेरका मान्छेको लागि उपयुक्त हुन्छ । यसबाहेक ५०, ६० र ७० वर्ष उमेर समूहका मान्छेको लागि राति १० बजेको समय सम्भोगको लागि उपयुक्त हुने गर्छ ।
कुन समयमा सम्भोग गर्दा कस्तो फाइदा ?
उमेर समूह अनुसार त एउटा सम्भोगको समय तय भयो । त्यसबाहेक उमेर समूह अनुसारको समय नमानेर अरु समयमा सम्भोग गर्दा पनि निम्न फाइदा हुन सक्छ ।
बिहानको समयमा सम्भोग गर्दा
बिहानको समय यौन सम्पर्कको लागि शरीरमा टेस्टोस्टेरोन र ऊर्जाको स्तर बढी हुने गर्छ । यसका साथसाथै अक्सिटोसिनको स्तरमा बढोत्तरी हुँदा दिनभरि नै हामीले दम्पतीबीच सौहार्दपूर्ण वातावरण बनाउन सकिन्छ । यसका अलावा एन्ड्रोफिन हर्माेनले हाम्रो मुडलाई ठीक गर्ने काम गर्छ ।
बदलिँदो मौसममा यौन गर्नु
मौसम चिसो भयो या कुनै मौसमको बदलीको समयमा बढी जसो यौन उत्तेजना आउने गर्छ । अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि यस समयमा यौन सम्पर्क राख्नुले तपाईंको रोग प्रतिरोध क्षमतामा बढोत्तरी हुने गर्छ । यसको मतलब जुनसुकै बेलामा पनि बिरामी भएपछि यौन सम्पर्क राख्नु उचित हुन्छ भन्ने कुरा भने होइन । यौन सम्पर्कले मौसम परिवर्तनका कारण हुने सम्भावित समस्यालाई समाधान गर्न मद्धत गर्छ ।
मासिक धर्मको १४ औं दिनमा यौन सम्पर्क
विभिन्न अध्ययनले महिलाको मासिक धर्मको दुई सातापछि यौन सम्पर्क राख्नु उपयुक्त हुन्छ । यो समयमा महिलाको योनीको माथिल्लो भाग करिब २० प्रतिशत बढेको हुन्छ । ओबुलेसनको समयमा यौन इच्छा समेत अधिक हुने गर्छ ।
व्यायामपछिको सम्भोग
बिहान गरिने व्यायामपछि पनि यौन सम्पर्क गर्न सकिन्छ । व्यायाम गर्ने समयमा महिलाहरूको जनेन्द्रियमा रक्तप्रवाह १६९ प्रतिशतले बढ्ने गर्छ । अभ्यासको समयमा यस्तो यौन सम्बन्धी हर्मानहरु सक्रिय हुन्छन् । जसले गर्दा महिलाहरूमा यौनको मोह बढ्छ ।
कामको तनावपछि यौन सम्पर्क गर्नु
अफिसको तनावपूर्ण कामपछिको थकानलाई कम गर्नको लागि मदिरा पिउनुको साँटो यौन सम्पर्क गर्नु उपयोगी हुन्छ । तनाव र निराशा तपाईंको यौनको दौरान अधिक भावुक र उत्साही बनाउँछ ।
डर लाग्यो भने सम्भोग
रमाइलोमा मात्रै होइन । यदि कुनै डरलाग्दो काम गरिरहेको समय भयो भने पनि सो समयमा समेत हामीले यौन सम्पर्क गर्न सकिन्छ । उत्तेजनाको समयमा डर तुलनात्मक रुपमा कम हुने भएकोले सो समय समेत सम्भोगको लागि उपयुक्त हुने विशेषज्ञहरू बताउँछन् ।
कतिपटक गर्ने सम्भोग ?
धेरैलाई दैनिक वा हप्तामा कति पटक यौन सम्पर्क गर्नु उपयुक्त हुन्छ ? भन्ने जिज्ञासा मनमा उठेको हुन सक्छ । कतिपय सम्बन्ध टुट्नुको कारण नै छिटोछिटो यौन सम्पर्क नबढाएको कारणले भएको त होइन ? भन्ने समेत धेरैलाई लागेको हुन सक्छ ।
यस विषयमा भएको विभिन्न अध्ययनले हप्तामा एकदेखि दुई पटक यौन सम्पर्क राख्नु उपयुक्त हुने बताउँछन् । यद्यपि यो मान्छेको शारीरिक एवं मानसिक इच्छा र क्षमताको आधारमा पनि भर पर्ने उनीहरू बताउँछन् ।
प्रकाशित : २०७७ असोज २६ गते २१:४०
Facebook Comment