डा. गोविन्द केसीको समर्थनमा कावासोतीमा युवाहरुको प्रदर्शन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २२ गते १८:५४
डा. गोविन्द केसीको समर्थनमा कावासोतीमा युवाहरुको प्रदर्शन

सुदिप चापागाईं/कावासोती 

चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोबिन्द केसिको समर्थनमा कावासोतीका युवाहरुले कावासोतिको इन्द्र चोकमा दिप प्रज्जवलन गर्दै सरकारको विरुद्ध प्रदर्शन गरेका छ्न ।

साथ सबैको अभियानले अभियानका संयोजक आर सि भट्टराइ को अगुवाइमा डा केसि जागेको र सरकार सुतेको आज २५ औ दिन , डा केसिको माग सम्बोधन गर  ,  डा केसि जनतासंँग सरकार माफिया तन्त्र जस्ता नारा लेखिएका प्लेअकार्ड सहित प्रदर्शन गरेका हुन ।

२०६९ असार २१ गते नेपालमा चिकित्सा क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने मागसहित डा केसिले आफ्नो सत्याग्रह सुरु गरेका थिए । डा केसिको अनशन सुरु भए यता १३ पटक तत्कालिन नेकपा एमाले , नेकपा माओवादि सरकार र ७ पटक काङ्ग्रेश ले सरकार चलाएको छ । पटक पटक सहमति गर्ने समिति गठन गरेको भए पनि कुनै पनि सरकार गम्भिर नभएको अभियन्ताहरुले आरोप लगाएका छन ।

‘ हामिले नवलपुरको सदरमुकामबाट डा केसिको समर्थनमा अभियान सुरु गरेका छौ , डा केसिका माग पुरा नभएसम्म हाम्रो अन्दोलन जारि रहने छ । ‘ साथ सबैको अभियानका संयोजक आर सि भट्टराइले नवलपुर टाईम्सलाई बताए ।

युवाहरूको अभियानमा नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक सभापति भुपेन्द्र शर्मा भट्टराई , राप्रपा जिल्ला सचीव गुनाखर काफ्ले लगाएतका कावासोतीका युवा अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७७ असोज २२ गते १८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI