आईपिएलमा आज बेङ्गलोर र मुम्बई भिडदै ( सम्पूर्ण जानकारी )

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १२ गते १४:३१
आईपिएलमा आज बेङ्गलोर र मुम्बई भिडदै ( सम्पूर्ण जानकारी )

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार १० औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डियन्स र बिराट कोहलि कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर बिच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय राति ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। हालसम्म दुई खेल खेलेका दुबै टोलि समान एक जित र एक हार सहित अकंतालिकामा तेस्रो (मुम्बई इन्डियन्स) र सातौँ (रोयल च्यालेन्जर्स बैंगलोर) स्थानमा छन्। दुबै टोलि आज दोस्रो जित हात पार्दै अकंतालिकामा अघि बढ्न चाहन्छन्।

रोयल च्यालेन्जर्स बैंगलोरको प्रतियोगितामा नतिजा :- 

Vs सनराइजर्स हैदरावाद : १० रनले विजयी ( बैंगलोर : १६३, हैदरावाद : १५३ ) पडीक्कल : ५६, डी भिल्लीयर्स : ५१ , चाहल : ३ विकेट, दुबे : २ विकेट , सैनी : २ विकेट

Vs किंग्स-११ पन्जाब : ९७ रनले पराजित ( पन्जाब २०६ , बैंगलोर : १०९ )  सुन्दर : ३०, डी भिल्लीयर्स : २८ , दुबे : २ विकेट

मुम्बई इन्डियन्सको यस अघिको नतिजा :-

Vs चेन्नाई सुपर किंग्स : ५ विकेटले पराजित ( मुम्बई : १६२ , चेन्नाई : १६६/५ ) , तिवारी ४२ , डीकक ३३

Vs कोलकाता नाइट राइडर्स : ४९ रनले विजयी ( मुम्बई १९५ , कोलकाता १४६ ) , रोहित ८०, यादव ४७ , प्याटीन्सन, चाहर, बोल्ट र बुम्राह ( २ विकेट )

हेड टु हेड :-  दुई टोलिबिच हालसम्म २७ पटक प्रतिस्पर्धा भएको छ जसमा मुम्बईले १८ खेलमा जित हात पार्दा बैंगलोर मात्र ९ खेलमा विजयी भएको छ। गत सिजन दुबै खेलमा मुम्बईले बैंगलोरलाई पराजित गरेको थियो। मुम्बई पहिलो खेलमा ६ रनले तथा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो।

खेल हुने मैदान :- जारी सिजन दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ४ खेल भएको छ जसमध्ये ३ खेलमा पहिले ब्याटिंग गर्ने टिमले जित हात पारेका छन् भने एक खेल बराबरीमा समाप्त भएको छ। पहिलो इनिंगको तुलनामा दोश्रो इनिंगमा पिच सुस्त देखिएको छ।

औसत पहिलो इनिंग योगफल : १७५ (जारी प्रतियोगितामा) , पहिले ब्याटिंग गर्दाको रेकर्ड : जित-३, हार-०, बराबरी-१

टिममा हुनसक्ने परिवर्तन : मुम्बईले टिममा परिवर्तन गर्ने सम्भावना कम रहेको छ। बैंगलोरले पछिल्लो खेलमा महँगो सावित भएका डेल स्टेनलाई प्रतिस्थापन गर्दै देब्री हाते फास्ट बलर इसुरु उडानालाई भित्र्याउन सक्छ जो डेथ ओभरमा राम्रो बलिंग गर्न सक्छन्। उमेश यादब पनि खराब प्रदर्शन पछि बाहिर निस्कन सक्छन् जसको स्थान मोहम्मद सिराजले लिन सक्नेछन्।

उमेश यादब र डेल स्टेनले तेश्रो खेलमा मौका नपाउन सक्छन्

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित ११ : देभदत्त पडिक्कल, एरोन फिन्च✈️, बिराट कोहली (कप्तान), एबि डि भिलिएर्स✈️, शिवम दुबे, वासिङ्टन सुन्दर, इसुरु उदाना✈️, नवदिप सैनी, मोहम्मद सिराज, डेल स्टेन✈️, युजवेन्द्र चाहाल

मुम्बई इन्डियन्सको सम्भावित ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डिकक ( विकेटकिपर )✈️ , सुर्यकुमार यादव, सौरभ तिवारी, कायरन पोलार्ड✈️, हार्दिक पाण्ड्या, क्रुनल पाण्ड्या, राहुल चाहार, जेम्स प्याटिन्सन✈️, ट्रेन्ट बोल्ट✈️, जस्प्रित बुम्राह

हेर्न लायक ५ खेलाडीहरु :- 

रोहित शर्मा : पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स विरुद्ध ८० रनको आक्रामक अर्धशतकिय पारी खेलेका रोहित शर्मा राम्रो लयमा छन्। उनले आईपिएल २०० छक्का प्रहार गरिसकेका छन्। मुम्बईका कप्तान रोहित शर्मा आफ्नो पुल शट र विस्फोटक ब्याटिंगको लागि चिनिने गर्छन् जो यो पिचमा घातक सावित हुनसक्छन्। हालसम्म लिगमा १९० खेल खेलिसकेका रोहितले ३१.७८ को औसतमा ४९९० रन बनाइसकेका छन्।

जस्प्रित बुम्राह : पछिल्लो खेलमा आन्द्रे रसेल र ओएन मोर्गानको विकेट हात पार्दै शानदार बलिंग गरेका बुम्राह बैंगलोरको ब्याटिंगसामु खतरा बन्न सक्छन्। बायाँ हाते फास्ट बलर बुम्राह आफ्नो सटिक योर्कर र तेज गतिको लागि चिनिने गर्छन्। उनले हालसम्म ७९ खेलमा २६.५४ को औसतमा ८५ विकेट हात पारिसकेका छन्।

एबि डि भिल्लियर्स : पहिलो खेलमा २८ तथा दोस्रो खेलमा अर्धशतक बनाएका एबि डि भिल्लियर्स राम्रो लयमा छन्। विस्फोटक ब्याटिंगका लागि चिनिने एबि मुम्बईको बलिंगसामु घातक सावित हुन सक्छन्। उनले हालसम्म लिगमा ३९.९४ को औसतमा ४४७४ रन बनाइसकेका छन्।

डी भिल्लीयर्स राम्रो लयमा छन्

युजवेन्द्र चाहाल : बैंगलोरका लेग स्पिनर युजवेन्द्र चाहाल आफ्नो चलाखिपुर्ण बलिंगको लागि चिनिने गर्छन्। चाहालले पहिलो खेलमा हैदराबाद विरुद्ध ३ तथा दोस्रो खेलमा पन्जाब विरुद्ध १ विकेट लिएका थिए। ठूलो स्कोर बनाउन मुम्बईका ब्याट्सम्यान चाहालबाट जोगिनु पर्ने हुन्छ।

बिराट कोहली : बैगलोर कप्तान कोहली पछिल्लो २ खेलमा १ र १४ रनमा आउट भएका थिए। उनि धेरै समय ब्याट शान्त राख्ने ब्याट्सम्यान हैनन्। मुम्बई बिरुद्ध ठूलो खेलमा कोहलीबाट टिमले ठूलै प्रदर्शनको अपेक्षा राख्नेछ। लिग इतिहासकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान कोहलीलाई व्यक्तिगत र टिमको फर्मको लागि आजको खेल महत्वपूर्ण छ।

रोचक रेकर्ड :-

१) मुम्बईका कप्तान रोहित शर्मा आईपिएलमा ५००० रन पूरा गर्नबाट मात्र १० रन टाढा छन्। लिगमा हालसम्म बिराट कोहली (५४२७) र सुरेश रैनाले (५३६८) मात्र ५००० रन बनाएका छन्। उनी मुम्बईका लागि १५० छक्का प्रहार गर्नबाट १ छक्का टाढा छन्।

२) लिग इतिहासकै सर्वाधिक रनकर्ता बिराट कोहली ५५०० रन पूरा गर्नबाट ७३ रन टाढा छन्। उनी ५५०० रन पूरा गर्ने पहिलो खेलाडी बन्नेछन्। यस्तै, उनी २०० छक्का प्रहार गर्नबाट मात्र १० छक्का टाढा छन्। लिग इतिहासमा क्रिस गेल ( ३२६ ) , ए बि डी भिल्लीयर्स ( २१५ ) , महेन्द्र सिंह धोनी ( २१२ ) र रोहित शर्मा (२०० ) बाहेक अन्य ब्याट्सम्यानले २ सय छक्का प्रहार गर्न सकेका छैनन्। कोहली अघि पाँचौ धेरै छक्का सुरेह रैनाले १९४ छक्का प्रहार गरेका छन्।

३) बैंगलोरका आक्रामक ब्याट्सम्यान एबि डि भिल्लियर्स लिगमा ४५०० रन पूरा गर्नबाट मात्र २६ रन टाढा छन्। उनी हालसम्म लिगमा आठौं सर्वाधिक रनकर्ता हुन्।

४) मुम्बईका सुर्यकुमार यादव लिगमा ५० छक्का पूरा गर्नबाट मात्र २ छक्का टाढा छन्।

प्रकाशित : २०७७ असोज १२ गते १४:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI