No ads found for this position

कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १२ गते १३:४१
No ads found for this position
कस्तो अवस्थामा दम्पतीबीच शारीरिक सम्बन्ध बनाउन हुँदैन ?
No ads found for this position

गर्भावस्थामा यौन कसरी शारीरिक सम्बन्ध बनाउने ? मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ? कस्तो अवस्थामा गर्भ रहन्छ ? कुनै दीर्घ रोगले दम्पतीबीचको यौन जीवन प्रभावित हुन्छ ? कुनैपनि शल्यक्रिय गरेपछि कति अवधिमा शारीरिक सम्बन्ध बनाउन सकिन्छ ? यावत् विषयमा दम्पतीलाई कौतुहलता हुन्छ । यद्यपि यौनका सम्बन्धमा खुला बहस नहुने वा दोहोरो संवाद नहुने भएकाले पनि यस्ता जिज्ञासाहरु मेट्न पाइरहेका हुँदैनन् ।

कस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउन हुँदैन ?

यौन एक शारीरिक क्रिया भएपनि यसमा मानसिक तयारी र उपस्थिती अनिवार्य हुन्छ । त्यसैले यौन सम्बन्धका लागि श्रीमान र श्रीमती दुबै शारीरिक मात्र होइन, मानसिक रुपमा समेत तयारी हुनुपर्छ ।

मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची नै जाग्दैन । दम्पतीमध्ये एकलाई प्रजनन अंगको समस्या छ भने पनि यौन सम्बन्ध बनाउनु हुँदैन ।

शल्यक्रियाको कति दिनपछि यौन सम्पर्क गर्नु हुन्छ ?

कुनैपनि शल्यक्रियापछि निश्चित अवधीसम्म यौन सम्पर्क नगर्नु नै उत्तम हुन्छ । शल्यक्रिया गर्नसाथ यौन क्रिया गर्दा घाउ भएको ठाउँमा बल पर्छ । त्यसले टाँका लगाएको धागो छिनाल्न सक्छ । साथै रगत बग्न सक्छ । त्यसैले चिकित्सकको परामर्श लिएर मात्र यौन सम्पर्क गर्नुपर्छ ।

गर्भावस्थामा यौन सम्पर्क गर्नु हुन्छ ?

गर्भावस्थामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन भनेर धेरैजसो दम्पती अलमलमा हुन्छन् । विशेषज्ञका अनुसार गर्भावस्थाको छैठौं हप्तादेखि १२ औं हप्तासम्म यौन सम्पर्क गर्न हुँदैन । किनभने यस क्रममा गर्भपातको समस्या हुन्छ । साथै गर्भधारणको अन्तिम दुई महिनामा पनि यौन सम्पर्क गर्नु खतरनाक हुन्छ । गर्भधारणको चौथो र सातौ महिनामा यौन सम्पर्क गर्न सकिन्छ ।

मासिक स्रावको बेला यौन सम्पर्क गर्नु उचित हुन्छ ?

कतिपय दम्पतीले मासिक स्रावको बेला यौन सम्पर्क राख्दा बढी आनन्द अनुभव गर्न सक्छन् । कतिपयलाई पनि यस्तो अवस्थामा असहज लाग्न सक्छ । विशेषज्ञहरुका अनुसार यदि दुबै पार्टनरलाई कुनै समस्या नभए र यौन इच्छा भएमा शारीरिक सम्बन्ध बनाउन सक्छन् । तर, मासिक स्रावको बेला कतिपय महिलाहरुलाई असह्य पीडा, छटपटी हुने गर्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउन ठीक होइन ।

त्यसैगरी कतिपय दम्पतीले के सोच्ने गर्छन् भने मासिक स्रावको बेला यौन सम्पर्क गर्दा गर्भ रहने जोखिम हुँदैन । तर, चिकित्सकहरु यो कुरामा विश्वस्त छैनन् । मासिक स्रावको बेला गरिने यौन सम्पर्कबाट गर्भ रहन पनि सक्छ ।

शारीरिक सम्बन्धपछि सरसफाई आवश्यक छ ?

अक्सर दम्पतीले रातको समयमा शारीरिक सम्बन्धका लागि उपयुक्त मान्ने गर्छन् । शारीरिक सम्बन्ध पछि उनीहरु नुहाउने अनुकुलता मिल्दैन । यद्यपि शारीरिक सम्बन्धपछि यौनाङ्गको सरसफाई भने अनिवार्य रुपमा गर्नैपर्छ ।

प्रकाशित : २०७७ असोज १२ गते १३:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI