No ads found for this position

बाघको आक्रमणबाट फेरि चितवनमा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १२ गते १२:१८
No ads found for this position
बाघको आक्रमणबाट फेरि चितवनमा एक जनाको ज्यान गयो
No ads found for this position

चितवन । पूर्वी चितवनमा बाघकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. ६, का ५५ वर्षिय बबना चौधरी रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउन जाँदा उनलाई बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाईएको छ ।

जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घाँस काट्न त्यहाँ पुगेपछि बाघले एक्कासी आक्रमण गरेको रामले जानकारी दिनुभयो । मृतकको शव घटना स्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

यस अघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमणपछि शव समेत नछाडेपछि डार्ट गरेर आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो । उक्त बाघलाई निकुञ्जको कार्यालय कसरामा राखिएको छ ।

प्रकाशित : २०७७ असोज १२ गते १२:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI