गैंडाकोटका ७ सहित नवलपुरमा थप ९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते १४:३५

कावासोती । पूर्वि नवलरासीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज सीएमसी मा गरिएको परिक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमण हुनेमा गैँडाकोट नगरपालिकाका ७ र देवचुली नगरपालिकाका २ जना रहेका छन । गैँडाकोट नगरपालिका वडा नं. २, ३, ४, १३ र १५ का ७ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । वडा नं. २ का ३ जना महिला, ३ का एकजना पुरुष, ४र १३ का एक एक जना महिला र वडा नं. १५का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी देवचुली नगरपालिका वडा नं. ९ र ११ का एक एक जना महिलामा कोरोना संक्रमण भएको अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

प्रकाशित : २०७७ असोज ८ गते १४:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI