No ads found for this position

कलकत्तालाई ४९ रनले हराउदै मुम्बई लिगको शिर्ष स्थानमा उक्लियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते ०:१६
No ads found for this position
कलकत्तालाई ४९ रनले हराउदै मुम्बई लिगको शिर्ष स्थानमा उक्लियो
No ads found for this position

आईपीएल २०२० मा पहिलो खेलमा चेन्नाईसंग ५ विकेटले पराजित भएको डिफेन्डिङ च्याम्पियन मुम्बईले दोश्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। शेख जायद स्टेडियम, अबु धाबीमा सम्पन्न लिगको पाँचौ खेलमा मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो।

युएईमा पहिलो पटक मुम्बईले जित दर्ता गरेको हो। यस अघि युएईमा खेलीएको ६ वटा खेलमा मुम्बई पराजित भएको थियो। कोलकाता सन् २०१३ पछि पहिलो पटक लिगको पहिलो खेलमा पराजित भएको छ।

मुम्बई आईपीएलमा एकै टिम बिरुद्ध सबैभन्दा बढी जित दर्ता गर्ने टिम बनेको छ। लिग इतिहासमा कोलकातालाई मुम्बईले २० औं खेलमा पराजित गरेको हो। दोश्रो धेरै कोलकाताले पन्जाब बिरुद्ध तथा मुम्बईले चेन्नाई बिरुद्ध समान १७ जित दर्ता गरेको छ।

बुम्राहले २ विकेट लिए

लक्ष्य पछ्याउने क्रममा कोलकाताको सुरुवात राम्रो हुन सकेन। ओपनर शुभमन गिल ११ बलमा ७ रन तथा सुनिल नारायण १० बलमा ९ रन बनाएर बोल्ट र प्याटीन्सनबाट आउट भए। तेश्रो विकेटको लागि कप्तान दिनेश कार्तिकले नितिश रानासंग ४६ रनको साझेदारी गरे। ११ औं ओभरमा कार्तिकलाई लेग स्पिनर राहुल चाहरले एलबिडब्लु आउट गर्दै साझेदारी तोडे। २३ बलमा ५ चौका मद्दतले ३० रन बनाएर कार्तिक आउट भएपछि लगत्तै ओभरमा काइरन पोलार्डले १८ बलमा २ चौका र १ छक्का मद्दतले २४ रन बनाएका रानालाई क्याच आउट गराए। त्यसपछि १६ औं ओभरमा आन्द्रे रसेल ( ११ ) र ओएन मोर्गन ( १६ ) लाई जस्प्रित बुम्राहले पेभेलियन फर्काए। निखिल नाइक पनि १ रन बनाएर आउट भए।

नवौं नम्बरमा ब्याटिंग गर्न आएका प्याट कमिन्सले १२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रन बनाएर जितको झिनो आशा दिलाए पनि १९ औं ओभरमा प्याटीन्सले उनलाई आउट गर्दै टिमलाई खेलमा हावी गराए। कमिन्सले त्यस क्रममा बुम्राहले गरेको १८ औं ओभरमा ४ छक्का प्रहार गरेका थिए।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्ट ( ४-१-३०-२ ) , जस्प्रित बुम्राह ( ४-०-३२-२ ), राहुल चाहर ( ४-०-२६-२ ) र जेम्स प्याटीन्सन ( ४-०-२५-२ ) ले समान २ विकेट तथा काइरन पोलार्ड ( ३-०-२१-१ ) ले १ विकेट लिए।

रोहितले सर्वाधिक ८० रन बनाए

मुम्बईको ब्याटिंगमा रोहित चम्किए 

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ८० रन बनाए जुन क्रममा ५४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे। यस्तै सुर्यकुमार यादवले २८ बलमा ४७ ( ६ चौका र १ छक्का ) , सौरभ तिवारीले १३ बलमा २१ ( १ चौका र १ छक्का ) , हार्दिक पान्ड्याले १३ बलमा १८ ( २ चौका र १ छक्का ) तथा काइरन पोलार्डले ७ बलमा १३ रन ( १ चौका ) बनाए। क्विन्टन डीकक र क्रुनाल पान्ड्याले समान १ रन बनाए।

ओपनर क्विन्टन डीकक १ रन बनाएर दोश्रो ओभरमा शिभम माभी बाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर तथा कप्तान रोहित शर्माले सुर्यकुमार यादवसंग ९० रनको साझेदारी गरेका थिए। रोहितले तेश्रो विकेटको लागि सौरभ तिवारीसंग  ४९ रनको साझेदारी गरे।

कोलकाताको बलिंगमा शिभम माभीले २ विकेट ( ४-१-३२-२ ) तथा आन्द्रे रसेल ( २-०-१७-१ ) र सुनिल नारायण ( ४-०-२२-१ ) ले १/१ विकेट लिए। प्याट कमिन्सले ३ ओभरमा ४९ तथा कुलदिप यादवले ४ ओभरमा ३९ रन खर्चिएर विकेटविहिन रहे।

जितसंगै २ खेलमा १ जित र १ हार बेहोरेको मुम्बई अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। समान २ अंक रहेता पनि मुम्बईले नेट रनरेटमा राजस्थान, बैंगलोर , दिल्ली र चेन्नाईलाई पछि पारेको हो। पन्जाब, हैदरावाद र कोलकाताले अंक बटुल्न सकेको छैन।

लिग अन्तर्गत बिहिबारको खेलमा राति ७:४५ बजे किंग्स-११ पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुनेछ। मुम्बईले आगामी खेल बैंगलोर बिरुद्ध सेप्टेम्बर २८ मा खेल्नेछ। यस्तै कोलकाताले हैदरावाद बिरुद्ध सेप्टेम्बर २६ मा खेल्नेछ।-wicket nepal बाट

प्रकाशित : २०७७ असोज ८ गते ०:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI