No ads found for this position

नवलपुरमा होम आईसोलेसनमा बस्नेको संख्या १ सय ६० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते १८:५१
No ads found for this position
No ads found for this position

कावासोती । नवलपुरमा कोरोना संक्रमितको संख्या बढे सँगै होम आईसोलेसनमा बस्नेको संख्या पनि बढदै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका कुल सक्रिय संक्रमित ३ सय ४० मध्ये १ सय ६० जना संक्रमित होम आईसोलेसनमा रहेका छ्न । जिल्लाको एक मात्र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालयमा संक्रमितको चाप बढे सँगै संक्रमितलाई होम आईसोलेसनमा राख्न सुरु गरिएको हो ।

बाकी सक्रिय संक्रमित मध्ये अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा १ सय ४६ जना, मध्यविन्दु जिल्ला अस्पतालमा ७ जना र जिल्ला बाहिरका अस्पतालमा २७ जना रहेको बताईएको छ ।

जिल्लामा यो समाचार तयार पार्दा सम्म जम्मा संक्रमितको संख्या ८ सय ८ पुगेको छ भने ४ सय ६२ जना संक्रमण मुक्त भएर घर फर्किसेका छ्न । कोरोना संक्रमणले जिल्लामा अहिलेसम्म ६ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित : २०७७ असोज ७ गते १८:५१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI