चारकिलोमा पहिरो खस्दा नारायणगढ मुुग्लिन सडक अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते १८:२०
चारकिलोमा पहिरो खस्दा नारायणगढ मुुग्लिन सडक अवरुद्ध

चितवन । लगातारको वर्षाका कारण पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । ईच्छाकामना गाँउपालिका वडा नं.६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अपरान्ह ४ः३० वजे गएको पहिरोका कारण चितवन भएर पोखरा काठमान्डौ जाने र र ती ठाउँबाट चितवन आउने सबै सवारी साधनहरु विचबाटोमै रोकिएका छन । लगातार पानी परिरहेकोले सडक सुचारु गराउने काम सुरु हुन सकेको छैन ।
ठुलो पहिरो भएकोले सडक खुलाउन केहि घण्टा लाग्ने प्रहरीको अनुमान छ । काठमान्डौ सँग जोडिने लाईफलाइन नारायणगढ मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध हुँदा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।

प्रकाशित : २०७७ असोज ७ गते १८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI