आफ्नै घरको छत बाट खसेर गैंडाकोटमा एक जनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते १४:५२
आफ्नै घरको छत बाट खसेर गैंडाकोटमा एक जनाको ज्यान गयो

कावासोती । नवलपुरको गैंडाकोटमा घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ७ बजेको समयमा  गैंडाकोट ५ भवानी मार्ग बस्ने ५१ बर्षिय त्रलोक्यनाथ खरेल आफ्नै घर मर्मत गर्ने क्रममा घरको तेस्रो तलाको छतबाट खसेका थिए ।

छतबाट खसेपछि घाइते भएका खरेललाई उपचारको लागी नयाँ मेडिकल कलेज चितवनमा पुर्याइएको र उपचारको क्रममा १० बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक खरेल जनक माध्यमिक विद्यालय गैंडाकोटका शिक्षक र विकु साकोसका पुर्व उपाध्यक्ष हुन ।

प्रकाशित : २०७७ असोज ७ गते १४:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI