डुप्लेसी र धोनीको आक्रमक इनिंगका बाबजुद राजस्थान सँग चेन्नई पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ६ गते २३:५३
डुप्लेसी र धोनीको आक्रमक इनिंगका बाबजुद राजस्थान सँग चेन्नई पराजित

१३ औं आईपीएल टि-२० अन्तर्गत स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सले महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाइ १६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

युएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो।

चेन्नाईको ब्याटिंगमा फाफ डु प्लेसीले सर्वाधिक ७२ रन बनाए जुन क्रममा ३७ बलमा ७ छक्का र १ चौका प्रहार गरे। लिगमा उनको यो १४ औं अर्धशतक हो जुन उनले २८ बलमा पुरा गरेका थिए। पहिलो खेलमा पनि डु प्लेसीले मुम्बई बिरुद्ध अविजित ५८ रन बनाएका थिए।

कप्तान महेन्द्र सिंह धोनीले अविजित १६ बलमा २८ रन ( ३ छक्का ), शेन वाटसनले २१ बलमा ३३ ( १ चौका र ४ छक्का ), मुरली विजयले २१ बलमा २१ ( ३ चौका ) , केदार जाधवले १६ बलमा २२ ( ३ चौका ),  स्याम करनले ६ बलमा १७ ( २ छक्का र १ चौका ) बनाए।

धोनीले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेता पनि जित दिलाउन सकेनन्

लक्ष्य पछ्याउने क्रममा पहिलो विकेटको लागि वाटसन र विजयले ५६ रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा वाटसनलाई लेग स्पिनर राहुल तेवतियाले बोल्ड गरेपछि चेन्नाईले लगातार विकेट गुमायो। लगत्तै ओभरमा मुरली विजयलाई लेग स्पिनर श्रेयस गोपालले क्याच आउट गराए। त्यसपछि नवौं ओभरमा स्याम करन र रुतुराज गायकवाडलाई तेवतियाले लगातार बलमा स्टम्प आउट गराए। पाँचौ विकेटको लागि डु प्लेसिले केदार जाधवसंग ३७ रनको साझेदारी गरे। जाधवलाई १४ औं ओभरमा टम करनले क्याच आउट गराए।

सातौँ नम्बरमा ब्याटिंग गर्न आएका धोनी र डु प्लेसिले छैठौं विकेटको लागि ६५ रनको साझेदारी गरे। डु प्लेसीलाई १९ औं ओभरमा जोफ्रा आर्चरले आउट गरे। त्यसपछि अन्तिम ओभरमा धोनीले टम करनको बलमा तेश्रो, चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरेता पनि टिमलाई जित दिलाउन सकेनन्।

राजस्थानको बलिंगमा लेग स्पिनर राहुल तेवतियाले सर्वाधिक ३ विकेट ( ४-०-३७-३ ) लिए। टम करन ( ४-०-५४-१ ) , श्रेयस गोपाल ( ४-०-३८-१ ) र जोफ्रा आर्चर ( ४-०-२६-१ ) ले समान १ विकेट लिए।-wicket nepal बाट

प्रकाशित : २०७७ असोज ६ गते २३:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI