नगरका कोपिला साहित्यिक  पत्रिकाको विमोचन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ६ गते १६:४४
नगरका कोपिला  साहित्यिक  पत्रिकाको विमोचन

प्रेम न्यौपाने/कावासोती
नगरका कोपिला नामक साहित्यिक   पत्रिकाको मंगलबार कावासोतीमा बिमोचन गरिएको छ । कावासोती  नगरपालिका शिक्षा शाखाद्वारा प्रकाशित पत्रिकाको एक समारोहका बीच विमोचन गरिएको हो ।

कावासोती नगरपालिकाका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमारी पुनले पत्रिकाको बिमोचन गर्नुभएको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख पुनले नगरका कोपिला साहित्यक पत्रिका बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न कोसेढुङगा सावित हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर उप-प्रमुख प्रेमशंकर मर्दनियाले पत्रिकाको निरन्तरताको कामना गर्नुभयो । मर्दनियाले अब छिट्टै नगरभित्रका विद्यालयहरुमा सम्पर्क सिकाइको कार्य अघि बढाउने गरी तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा पत्रिका प्रकाशनको महत्त्वमाथी प्रकाश पार्दै कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बाल सिर्जनालाई प्रोत्साहित गर्ने बताउनुभयो ।

यसैबीच कार्यक्रममा सिद्धार्थ आवासीय मा वि का प्रिन्सिपल भोजराज दाहालले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई एक एक थान ज्वरो नाप्ने थर्मल गन हस्तान्तरण गर्नुभएको छ ।

दाहालले यसअघि पनि नगरभित्रका सामुदायिक विद्यालयहरुमा अक्षयकोषको समेत स्थापना गर्नुभएको थियोे । पत्रिका सम्पादक मण्डलका संयोजक एवम् शान्ति निकुञ्ज माध्यामिक विद्यालय पिठौलीका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डे लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षा शाखा अधिकृत राजन पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रकाशित : २०७७ असोज ६ गते १६:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI