वामदेवका विरुद्ध सर्वोच्चमा रिट दर्ता, पर्सि नै पेशी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते १७:०८
वामदेवका विरुद्ध सर्वोच्चमा रिट दर्ता, पर्सि नै पेशी

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित आइतबार पेश गरेको निवेदन सोमबार दर्ता भएको त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीले निवेदन दर्ता भएको र बुधवारका लागि पेशी तोकिएको बताए । प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित सत्तारुढ दल नेकपाका नेता गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

उनको नियुक्तिका लागि मन्त्रिपरिषद्ले गरेको सिफारिस असंवैधानिक भएकाले खारेज हुनुपर्ने र राष्ट्रियसभामा चुनाव हारेकाहरूलाई लान थालिएको भन्दै कस्ता व्यक्तिलाई राष्ट्रियसभामा लैजान गाइडलाइन जारी गरिदिन पनि निवेदनमा माग गरिएको त्रिपाठीले बताए ।

प्रकाशित : २०७७ असोज ५ गते १७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI