काठमाडौं। नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।
काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत २९ भदौमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही १ असोजमा कोरोना परीक्षणको नतिजा आएको थियो ।
नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ४०१ जना संक्रमणमुक्त भइसकेका छन्।
एक हजार ६५४ सक्रिय संक्रमित रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। रासस
प्रकाशित : २०७७ असोज ४ गते १२:४४
Facebook Comment