नेकपा सचिवालयको बैठक पेरिस डाँडामा बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते ९:१८
नेकपा सचिवालयको बैठक पेरिस डाँडामा बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा आजको सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि आजको बैठकमा पेरिसडाँडा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारीको भूमिका प्रदान गरे पनि निर्णय भने दुवै अध्यक्षको सहमतिका आधारमा मात्रै हुनेछ । यसअघिका सबैजसो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

प्रकाशित : २०७७ असोज ४ गते ९:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI