मध्यविन्दु नगरपालिकामा ३२ बेडको आइसोलेशन स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ४ गते ८:४४
मध्यविन्दु नगरपालिकामा ३२ बेडको आइसोलेशन स्थापना

गङ्गा विश्वकर्मा/चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले ३२ बेडको आइसोलेशन कक्ष स्थापना गरेेेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले नगर भित्रका कोरोना संक्रमितहरूलाई आइसोलेशनमा राख्नको लागि ३२ बेडको आइसोलेशन कक्ष स्थापना गरेको नगर प्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा ७ बेड र ल्होसेधारा आधारभूत विद्यालयमा २५ बेडको आइसोलेशन कक्ष स्थापना गरिएको रानालेे बताउनुभयो ।
यसअघि कोरोना स‌ंक्रमितहरुको रजहर स्थित प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार हुदै आएको थियो । तर, दैनिक रुपमा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकालेे राधा स्वामी सत्संग भागरासंग सहकार्यमा व्यवस्थापन गर्नेगरी आइसोलेशन कक्ष तयार गरेको हो । नगरपालिकामा अब थप हुने कोरोना संक्रमितलाई सोही आइसोलेशन कक्षमा राखिनेछ । उनिहरूमा केही लक्षणहरू देखिएमा प्राकृतिक चिकित्सालय र मध्यविन्दु जिल्ला अस्पतालमा थप उपचारको लागि लगिनेछ ।
संक्रमितहरूको लागि आइसोलेशन कक्षमा एक जना डाक्टर र एक जना नर्स स्वास्थ्यकर्मी हुनेछन् भने ३ जना सुरक्षाको लागि चौकिदारको प्रबन्ध गरिएको रानाले बताउनुभयो । हाल स्थापना गरेको आइसोलेशन कक्षमा संक्रमित नअटेको अवस्थामा नवजागर बहुमुखी क्याम्पसको पुस्तकालयमा थप आइसोलेशन कक्ष स्थापना गरिने उहाँले बताउनुभयो ।

प्रकाशित : २०७७ असोज ४ गते ८:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI