काङ्ग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३ गते १३:५८
काङ्ग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर  शशांक कोइराला अस्पताल बाट डिस्चार्ज भएका छ्न ।

गत भाद्र २३ गते कोरोना संक्रमण भए पछि होम आईसोलेसनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या आए पछि थप उपचारको लागि काठमाडौको ओम अस्पतालमा भाद्र ३१ गते भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि कोइरालाले अस्पताल बाट डिस्चार्ज भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका छ्न । डा कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो र चिन्ता लिने तथा उपचारमा संलग्न डा. विश्वनाथ कोइरालाको टिमलाई धन्यवाद दिएका छन्।
कोइरालाका स्वकीय सचीव भरत तिवारीका अनुसार अस्पतालबाट डिस्चार्ज भए पनि कोइराला कोरोना संक्रमणमुक्त भने भएका छैनन । चिकित्सकको सल्लाह    बमोजिम  कोइराला  अब केही दिन होम आईसोलेसनमा रहने तिवारीले बताए ।

प्रकाशित : २०७७ असोज ३ गते १३:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI