भरतपुरमा तीन जनालाई सर्पले डस्यो : एकको मृत्यु दुई गम्भीर

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ३ गते ९:१३
भरतपुरमा तीन जनालाई सर्पले डस्यो : एकको मृत्यु दुई गम्भीर

चितवन । जिल्लाको एक घरमा मध्यरातमा प्रवेश गरेको सर्पले तीनजनालाई डसेको (टोकेको) छ । सर्पको डसाईबाट एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा उक्त घटना भएको हो ।

स्याङजा घर भई माईती शारदानगर आउनु भएकी रुबी सुनारका २ वर्षीय छोरो रायन रामदामको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुर शनिबार बिहान ५ः५० बजेको समयमा मृत्यु भएको हो ।

थापाका अनुसार स्याङजा घर भई शारदानगर माईती आउनु भएकी रुवी, उनका छोरा र माईतीकी आमालाई सर्पले टोकेको थियो । शनिबार बिहान १२ः१० बजे (मध्यरात) को समयमा घरमा सुतिरहेको बेला मृतक रायनसंगै उनकी आमा र हजुरआमालाई सर्पले टोकेको थियो । विषालु सर्पको टोकाइबाट सोही स्थानकी वर्ष ५६ की केशरी बिक र वर्ष २६ की रुबी सुनारको अवस्था गम्भीर रहेको रहेको छ । केशरीको चितवन मेडिकल कलेज र रुबीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ असोज ३ गते ९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI