नवलपुरको देवचुलीमा थप ३३ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते २३:४०
नवलपुरको देवचुलीमा थप ३३ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरको देवचुलीमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार अबेर राती प्राप्त रिपोर्ट अनुसार देवचुली नगरपालिकाको  वडा नम्बर ३ का २ महिला, वडा नम्बर ४ का १ पुरुष, वडा नम्बर ७ का १ महिला र ४ पुरुष,वडा नम्बर ११ का ९ महिला र ५ पुरुष,वडा नम्बर १४ का ६ महिला र ४ पुरुष,र वडा नम्बर १७ का १ पुरुषमा संक्रमण पुष्टि भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

शुक्रबार बिहानमात्रै जिल्लाकै कावासोती नगरपालिकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ७७६ पुगेको छ जसमध्ये ४ सय ५९ जना निको भइसकेको छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ असोज २ गते २३:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI