No ads found for this position

‘कास्टिङ काउच’को शिकार भएका बलिउड सेलिब्रेटी : कंगना रनौतदेखि स्वरा भास्करसम्म

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते २१:००
No ads found for this position
‘कास्टिङ काउच’को शिकार भएका बलिउड सेलिब्रेटी : कंगना रनौतदेखि स्वरा भास्करसम्म
No ads found for this position

एजेन्सी। बलिउड फिल्म उद्योगमा बाहिरबाट हेर्दा निक्कै चमक-दमक र ग्ल्यामर देखिन्छ। तर बलिउडको यो रंगीन दुनियाँमा कयौं तीता यथार्थ पनि छन्। जसमध्ये एक हो कास्टिङ काउच। कास्टिङ काउच त्यो अनैतिक र गैरकानुनी व्यवहार हो, जहाँ कसैलाई काम दिलाएबापत शारीरिक सम्बन्ध राख्न माग गरिन्छ ।

 

हालसालै मात्र अभिनेत्री समीरा रेड्डीले एक अन्तर्वार्तामार्फत आफू फिल्म लाइनमा सक्रिय रहँदा कास्टिङ काउचको सामना गर्नुपरेको थियो। एउटा फिल्मको सुटिङका दौरान अचानक किसिङ सिन राखिएको थियो। जसमा समीराले आनाकानी गरेपछि निर्देशकले भनेका थिए- मुसाफिर फिल्ममा किसिङ सिन दिँदा हुने, यहाँ दिँदा के अप्ठेरो पर्‍याे?

 

यसका अलावा समीराले अर्को एउटा किस्सा पनि बेहोर्नुपरेको थियो। आफूप्रति चासो नदेखाएको भन्दै एक अभिनेताले उनलाई भनेका थिए कि- उनी धेरै बोरिङ छिन् र उनले भविष्यमा फेरि उनीसँग काम गर्ने छैनन्।

 

त्यसो त समीरा मात्र एक्ली व्यक्ति हैनन् जसले कास्टिङ काउचको सामना गर्नु पर्‍याे। यहाँ हामी यस्ता अभिनेत्रीहरुको बारेमा जानकारी दिन गइरहेका छौं जसले कुनैबेला कास्टिङ काउचको शिकार हुनुपर्‍याे।

 

कंगना रनौत
बलिउड क्वीन कंगना रनौत पनि कुनै बेला कास्टिङ काउचको शिकार भइसकेकी छिन्। कंगना आफैंलेसमेत कयौं अन्तर्वार्ताहरुमा यो कुराको खुलासा गरिसकेकी छिन्। कंगनाका अनुसार उनले करिअरको सुरुआतमा यस किसिमका असहजता सामना गर्नुपरेको थियो। उनीसँग अडिसनपछि सेक्स गर्न प्रस्ताव गरिन्थ्यो। तर उनी त्यस्ता प्रस्तावहरू नकारिदिन्थिन्।

 

ऋचा चड्ढा

 

अभिनेत्री ऋचा चड्ढाले पनि करिअरको सुरआतमा कास्टिङ काउचको सामना गरिन्। एक व्यक्तिले उनलाई यौनसम्बन्ध राख्न प्रस्ताव गरेका थिए।

 

एउटा पार्टीमा सहभागी भएका बेला एक जना विज्ञापन कम्पनीका व्यक्तिले उनीमाथि गलत मनसायले डिनरको प्रस्ताव गरेका थिए। तर डिनर लिइसकेकी ऋचाले जानकारी गराए पनि ती व्यक्तिले जबर्जस्ती फेरि खानका लागि कर गरिरहेका थिए।

 

उनले ऋचाको हात समातेर फरक व्यवहार गर्न थालेपछि भने उनले डिनरको अर्थ बुझिन् र जोडले चिच्याइन्। त्यसपछि भने ती व्यक्ति सजग भए।

ईशा कोप्पिकर

 

पिन्जर, सलाम-ए-इश्क, एक विवाह ऐसा भी लगायतका चलचित्रमा काम गरेकी ईशा पनि कास्टिङ काउचको शिकार बनिन्। उनीसँग बलिउडका एक सुपरस्टारले नै दुर्व्यवहार गरेका थिए।

एक निर्माताले एउटा बन्दै गरेको फिल्मबारे जानकारी गराउँदै ती अभिनेतासँग भेट्न भनेका थिए। ईशाले ती अभिनेतालाई भेट्नका लागि फोन गरेपछि उताबाट को-को आउन लागेको भनेर सोधियो। उनले आफ्नो ड्राइभर साथैमा रहेको भनेपछि ती अभिनेताले कसैलाई पनि नलिएर एक्लै आउन भनेका थिए। तर ती अभिनेताको मनसाय बुझेरै ईशाले आफू आउन नसक्ने जवाफ दिइन्।

 

त्यसबेला आफू १५-१६ वर्ष पनि नपुगेको ईशाको भनाइ छ। उनले ती अभिनेतासँग कहिल्यै काम पनि गरिनन्।

 

स्वरा भास्कर

 

स्वरा पनि कास्टिङ काउचको शिकार बनेकी थिइन्। एक अन्तर्वार्ताको क्रममा उनले आफु संघर्षरत अवस्थामा यस्तो समस्यामा परेको बताइन्।

 

एक मिटिङमा उनलाई एक प्रोड्यूसरको म्यानेजरले कानमा किस गर्ने प्रयास गरेका थिए। नजिकै गएर उनले ‘आइ लभ यू’समेत भनेका थिए।

 

ती व्यक्तिले पटक-पटक स्वराको घरको ठेगाना सोधिरहेका थिए। तर, उनी त्यहाँबाट मुस्किलले बचिन्। मिटिङ छाडेर उनी बाहिरिएकी थिइन्।

 

ममता कुलकर्णी

 

अभिनेत्री ममता कुलकर्णी पनि कास्टिङ काउचको शिकार बनिन्। चलचित्र ‘चाइना गेट’ को छायांकनका क्रममा राजकुमार सन्तोषीले उनलाई यौन प्रस्ताव गरेका थिए।

 

उक्त प्रस्ताव नमानेपछि ममताको रोल नै छोट्याइएको थियो भने थुप्रै चलचित्रबाट निकालिनुपरेको थियो। त्यसपछि भने ममताले चलचित्र नै गर्न छाडिन्।

उनलाई आफ्नो प्रस्ताव स्वीकार गरेको खण्डमा चर्चामा ल्याइदिने र नमानेको खण्डमा जिन्दगी नै बर्बाद गरिदिने धम्कीसमेत दिइएको थियो।

 

चित्रांगदा सिंह

 

२०१७ मा चित्रांगदाले कुशान नन्दीको चलचित्र ‘बाबूमोशाय बन्दूकबाज’ छाडेकी थिइन्। त्यसको कारण थियो, कास्टिङ काउच।

 

चलचित्र निर्देशकले नवाजुद्दीनसँग बोल्ड सिन गर्न भनेका थिए। तर, उनले अस्वीकार गरिन्। र चलचित्र नै छाडिदिइन्।

पायल रोहतगी

 

पायलले दिवाकर बेनर्जीमाथि कास्टिङ काउचको आरोप लगाएकी थिइन्। केही वर्ष अगाडि बेनर्जीले एक चलचित्रमा पायलमाथि दुर्व्यवहार गरेका थिए। कुरा गर्न भन्दै एक राति उनी पायलको घर गएका थिए।

 

त्यही क्रममा उनले बेनर्जीमाथि गलत व्यवहार गरेका थिए। जसका कारणले पायलले उनलाई घरबाटै निकालिदिएकी थिइन्।

 

त्यसपछि भने पायललाई चलचित्रबाट निकालिएको थियो। बेनर्जीले भने उक्त आरोप स्वीकारेकी छैनन्।

 

भास्कर डटकमबाट

प्रकाशित : २०७७ असोज २ गते २१:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI