नवलपुरमा कर्मचारीको चुनाव : कार्यालय स्थापना, नामावली सङ्कलन अन्तिम चरणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते २०:३९
नवलपुरमा कर्मचारीको चुनाव : कार्यालय स्थापना, नामावली सङ्कलन अन्तिम चरणमा

आगामी २४ असोजमा हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनावको तयारी भइरहेको छ । नवलपुरमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारी वकिल सीताराम अर्याललाई निर्वाचन अधिकृत तोकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी दिदै उहाँले जिल्लामा मतदाताहरुको नामावली संकलन गर्ने काम भइरहेको बताउनुभयो । नवलपुरमा करिव ५ देखि ७ सय सम्म मतदाता रहेको अनुुमान गरिएको छ

देशैभर स्थापित एक सय सात वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावका लागि आवश्यक सबै तयारीहरू तीव्र रूपमा अघि बढेसँगै सरकारले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने करिब पक्का भएको छ ।यसैबिच तराईका केही जिल्लाहरूमा थ्रेसहोल्ड तथा कोरोनाको कारण देखाउँदै चुनाव सार्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

प्रकाशित : २०७७ असोज २ गते २०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI