दाउरा टिप्‍न जाँदा नारायणीमा बाबुछोरी बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते १९:०६
दाउरा टिप्‍न जाँदा नारायणीमा बाबुछोरी बेपत्ता

नवलपरासी — नारायणी नदी र अरुणखोला खोला दोभानमा दाउरा छोप्न गएका पूर्वी नवलपरासीको मध्य बिन्दू नगरपालिका १५ तत्लो भिउरानका बाबु–छोरी बेपत्ता भएका छन् । शुक्रबार साँझ मध्यबिन्दु १२ र १५ को सिमानामा पर्ने अरुणखोलाको पुछारमा भेलमा बगाएर ल्याउने दाउरा टिप्न जाँदा भूपलाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता क्षेत्रीलाई बगाएको हो । बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् । भूपलालकी श्रीमतीको भने उद्धार गरिएको पूर्वी नवलपरासीका डिएसपी मोहन खाँणले बताए । वर्षात्‌को भेलमा यहाँका खोलानदीमा बगेर आएका दाउरा बटुल्ने गर्छन् । उर्लंदो भेल र चिप्लो सतहको जानकारी नहुँदा उनीहरु बगेको स्थानीयको अनुमान छ ।

प्रकाशित : २०७७ असोज २ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI