प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते ११:२९
प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको
कावासोती । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहेका ५६ जना कोरोना संक्रमित निको भएका छ्न ।
प्रादेशिक प्रयोगशाला बाट बिहीवार बेलुकी प्राप्त रिपोर्ट अनुसार १३४ जनाको परिक्षण गर्दा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशव चापागाईंले बताए ।
संक्रमण मुक्त हुनेहरुमा विनयी त्रिवेणि गाउँपालिकाका ६ जना पुरुष र ७ महिला, कावासोती नगरपालिकाका ६ पुरुष र ३ महिला, गैंडाकोट नगरपालिकाका १२ पुरुष र ४ महिला, मध्यविन्दु नगरपालिकाका ३ पुरुष देवचुली नगरपालिकाका १० पुरुष र ४ महिला र झापा जिल्ला घर भएकी १ महिला रहेका प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिएका छ्न ।
प्रकाशित : २०७७ असोज २ गते ११:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI