आज ३४ किमी खण्डमा परीक्षणको रूपमा रेल सञ्चालन हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २ गते ७:५५
आज ३४ किमी खण्डमा परीक्षणको रूपमा रेल सञ्चालन हुँदै

काठमाडौ जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमिटर खण्डमा शुक्रवार परीक्षणको रूपमा रेल सञ्चालन हुने भएको छ । भारत सरकारको कम्पनी कोंकण रेलवे कर्पोरेशनले निर्माण गरेको रेल बिहीवार बेलुका जयनगर आइपुगेको छ ।

करीब १३ सय यात्रु क्षमता रहेको रेल सीमावर्ती जयनगरबाट शुक्रवार जनकपुर ल्याइँदै छ । शुक्रवार रेलको परीक्षण गरिने नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

परीक्षण सञ्चालनका क्रममा रेलमा कुनै समस्या नआए शुक्रवार नै भारतीय कम्पनीले नेपाललाई जिम्मा लगाउनेछ । उक्त रेल कम्पनीकै प्राविधिकहरूले चलाएर नेपालको जनकपुरसम्म ल्याउने भट्टराईले बताए । नियमित रूपमा सञ्चालनका लागि एक साताभित्रै भारतसँग छलफल गरेर मोडालिटी तयार हुने उनले जानकारी दिए ।

भारतमा बनेको रेलको यात्रु क्षमता करीब २६ सय छ भने कम्पनीले ती रेल केही साताअघि सीमावर्ती विहारको हाजीपुर ल्याइपुर्‍याएको थियो ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर रहेको छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालनको तयारी रहेको आजका आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ असोज २ गते ७:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI