महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ३१ गते २१:१२
महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार
File Photo

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मंगलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ ।

“अस्पताल आएदेखि नै हामीले आइसीयूमा राखेर उपचार गरिरहेका छौं”, उनले भने, “अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।” उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो । – रासस

प्रकाशित : २०७७ भदौ ३१ गते २१:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI