No ads found for this position

नवलपुरको रजहरमा मिनि ट्रकसँग मोटरसाइकल ठक्कर खाँदा १ को मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ३१ गते १९:००
No ads found for this position
नवलपुरको रजहरमा मिनि ट्रकसँग मोटरसाइकल ठक्कर खाँदा १ को मृत्यु
No ads found for this position

कावासोती । नवलपुरको देवचुली-१६ रजहर चोकमा मिनि ट्रकसँग मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।बुधबार) दिउँसो  पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ८ ख १६६७ नं. को मिनि ट्रकको पछाडी सोही दिशाबाट आईरहेको ना ३८ प १९७ नं. को मोटरसाईकल ठक्कर खादा घाइते  भएका मोटरसाईकल चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

देवचुली-१७ घर भएका ५० बर्षिय मोटरसाइकल चालक तेज बहादुर महतोलाई घाइते भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाएको र उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मिनि ट्रक र ट्रकका चालक पर्सा जिल्ला रामकुर टोकनी २ का ३४ बर्षिय दुवारीका शाही प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित : २०७७ भदौ ३१ गते १९:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI